ताप्लेजुङको लिवाङमा छैटौँ मुन्धुङ्गे मेला तथा खेलकुद कार्यक्रमको आयोजना गर्न लागिएको छ । यही माघ १५ गतेदेखि मिक्वाखोला गाउँपालिका ३ लिवाङमा अन्तर वडा स्तरीय पुरुष भलिबल खेल तथा म्याराथन प्रतियोगिताको संचालन गर्न लागिएको हो । माघे शक्क्रान्तिको अवसर पारेर सधैँ झै यो वर्ष पनि मेलाको आयोजना गर्न लागिएको क्लबका अध्यक्ष भिरेन लिम्बुले जानकारी दिनुभएको छ । आफ्नो संस्कार संस्कृतिको संरक्षण गर्ने उद्देश्यका साथ उक्त मेलाको आयोजना गरिएको समेत लिम्बुले जानकारी दिनुभएको छ । यस्तै मेलामा भएको भलिबल खेल प्रतियोगिता तर्फको विजेताले नगद रु १ लाख ५० हजार रुपैयाँ सहित ३ वर्षे ट्रफि, मेडल, र प्रमाण पत्र प्राप्त गर्ने भएका छन् । त्यस्तै दोस्रो विजेताले नगद रु १ लाख रुपैयाँ सहित ३ वर्षे ट्रफी, मेडल, र प्रमाण पत्र प्राप्त गर्ने भएका छन् । उता पुरुष म्याराथन तर्फको प्रथम, द्वितीय र तृतीय हुने विजेताले क्रमश नगद रु १५ हजार, १० हजार, र ५ हजार सहित मेडल र प्रमाण पत्र प्राप्त गर्ने आयोजकले जनाएको छ । साथै भलिबल तर्फको वेस्ट स्पाइकर, वेस्ट सेन्टर, वेस्ट ब्लकर, वेस्ट लिब्रो र वेस्ट अलराउन्डलाई समेत उचित पुरस्कारको व्यवस्था गरिएको अध्यक्ष लिम्बुले बताउनु भएको छ । विक्रम लाम्गादे
ताप्लेजुङको लिवाङमा छैटौँ मुन्धुङ्गे मेला तथा खेलकुद कार्यक्रमको आयोजना गरिने








