समय : १०:१४ am | शनिबार , भाद्र २७ गते २०८३

ताप्लेजुङ गोल्डकप क्वार्टरफाइनल खेलमा फिदिम स्पोर्टिङ क्लब विजयी,

सेवालुङ खवर | भाद्र १३ गते २०८३

भदौ १३ गते । ‘अन्तर्राष्ट्रिय आमन्त्रण चौथो ताप्लेजुङ गोल्डकप’को दोस्रो क्वार्टरफाइनल खेलमा फिदिम स्पोर्टिङ क्लब विजयी भएको छ।शनिबार भानु जन माध्यमिक विद्यालयको खेलमैदानमा सम्पन्न समूह ‘बी’ अन्तर्गतको पहिलो क्वार्टरफाइनल खेलमा चित्लाङ फुटबल क्लब मकवानपुरलाई पेनाल्टी सुटआउटमा ४–३ गोलअन्तरले पराजित गर्दै फिदिम सेमिफाइनलमा प्रवेश गरेको हो।निर्धारित ९० मिनेट र अतिरिक्त समयको खेल गोलरहित बराबरीमा सकिएपछि नतिजा पेनाल्टी सुटआउटबाट लिइएको थियो। पेनाल्टी सुटआउटमा फिदिमका तर्फबाट निरोज लिङदेन, सुसन जबेगु, हितेन लिम्बू र अनिश परियारले गोल गरे। प्रतियोगितामा पहिलोपटक सहभागिता जनाएको चित्लाङका तर्फबाट मिङ्सो लिम्बू, चेतन थारू र किरण सुनारले गोल गरे। तर, दिपेश गुरुङ र प्रिसोले पेनाल्टीमा गोल गर्न नसक्दा चित्लाङको यात्रा क्वार्टरफाइनलबाटै टुङ्गिएको हो। प्रतियोगिता अन्तर्गत पहिलो क्वार्टरफाइनल खेलमा एकमात्र अन्तर्राष्ट्रिय आमन्त्रित टोली जर्जियन फुटबल क्लब कालिम्पुङ, भारतले आयोजक टोलीलाई पराजित गर्दै समूह ‘ए’बाट सेमिफाइनलमा प्रवेश गरिसकेको छ। तेस्रो क्वार्टरफाइनल खेल आइतबार हुँदैछ। आइतबारको खेलमा सातदोबाटो युथ क्लब ललितपुर र डिफेन्डिङ च्याम्पियन सलहेश युथ क्लब सिरहाबीच प्रतिस्पर्धा हुनेछ । ऐतिहासिक लाखे जात्रा पर्वको अवसरमा सञ्चालित प्रतियोगिताको विजेता टोलीले नगद ७ लाख २ हजार ८३ रुपैयाँ र उपविजेता टोलीले ३ लाख ५२ हजार ८३ रुपैयाँ पुरस्कार प्राप्त गर्नेछन्। –रेडियो ताप्लेजुङ,

सेवालुङ खबर पढ्नुभएकोमा धन्यवाद यसलाई जीवित राख्नकोलागि तपाइँको आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।

यहाँहरुबाट प्रप्त रकमलाई सम्बन्धित क्षेत्रमा लगानी गर्ने प्रतिबद्धता जाहेर गर्दछौं

fonepay

मा Scan गर्नुहोला

qr-logo

कमेंट गर्नुहोस

यो पनि पढ्नुहोस्