समय : १०:१४ am | शनिबार , भाद्र २७ गते २०८३

भोटेकोशी बाढी प्रधानमन्त्री राहत कोषमा पौने १२ अर्ब,१ हजार, ३ सय ५६ जनाको शव फेला

सेवालुङ खवर | भाद्र २४ गते २०८३

भदौ २३ । प्रधानमन्त्री राहत कोषमा करिब रु १२ अर्ब जम्मा भएको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका अनुसार मङ्गलबार बिहान ९ः०० बजेसम्म प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोष र प्रधानमन्त्री राहत कोषमा रु ११ अर्ब ७७ करोड ६७ लाख ५० हजार २६१ जम्मा भएको हो । अहिले नौ वटा वाणिज्य बैङ्कमा रु. आठ अर्ब ५९ करोड १९ लाख चार हजार २२३ मौज्दात छ । राहत कोषमा जम्मा भएको रकमबाट यसअघि रु. एक अर्ब रसुवाका बाढीपीडितका लागि राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका नाममा निकासा भइसकेको प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले जनाएको छ । यसैगरी, हिमालयन बैङ्क लिमिटेड र लक्ष्मी सनराइज बैङ्क लिमिटेडमा रहेको डलर खातामा रु. दुई करोड ११ लाख आठ हजार ४ सय ७१ जम्मा भएको पनि कार्यालयले जनाएको छ । यसैबीच रसुवाको भोटेकोशीमा आएको विनाशकारी बाढीका कारण मंगलबार १४ः०० बजेसम्म १ हजार ३ सय ५६ जनाको शव फेला परेको छ । जसमध्ये रसुवामा १ सय ६९ जना, नुवाकोटमा १ सय ९६ जना, धादिङमा ७० जना, चितवनमा ३ सय ६३ जना, गोरखामा ७५ जना, तनहुँमा ३८ जना, नवलपरासी पूर्वमा २ सय २३ जना र नवलपरासी पश्चिम २ सय २२ जना गरी १ हजार ३ सय ५६ जनाको शव फेला परेको हो । फेला परेका शवहरूको पहिचानका लागि डिएनए नमूना सङ्कलनदेखि आवश्यक प्रक्रिया पुरा गरी हालसम्म १ हजार १ सय २४ वटा शव व्यवस्थापन (माटोमुनि सुरक्षित राखिएको) गरिएको छ । शव पहिचानका लागि मृतकका १ हजार २ सय ८० र आफन्तका १ हजार ३ सय ९२ गरी कुल २ हजार ६ सय ७२ वटा डिएनए नमूना सङ्कलन गरिएको छ । साथै पहिचान नभएको १ हजार ३ सय वटा शवहरूको विवरण नेपाल प्रहरीको वेबसाइटमा समेत अपलोड गरिएको छ । बाढी प्रभावित क्षेत्रमा उद्दार, खोजी, राहत वितरण, शव व्यवस्थापन लगायतका कार्यका लागि हालसम्म ७ हजार ९ सय ७५ जना प्रहरी कर्मचारीहरू परिचालन गरिएको छ । हालसम्म बेपत्ता भएका ४ हजार ७७ जनाको खोजी कार्य भइरहेको छ । यसैगरी विभिन्न जिल्लाहरूमा रहेको होल्डिङ सेन्टरमा ३ हजार २ सय ४५ जना व्यक्तिहरूलाई राखिएको छ ।– पूर्वा अञ्चल दैनिकमा प्रकाशित,

सेवालुङ खबर पढ्नुभएकोमा धन्यवाद यसलाई जीवित राख्नकोलागि तपाइँको आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।

यहाँहरुबाट प्रप्त रकमलाई सम्बन्धित क्षेत्रमा लगानी गर्ने प्रतिबद्धता जाहेर गर्दछौं

fonepay

मा Scan गर्नुहोला

qr-logo

कमेंट गर्नुहोस

यो पनि पढ्नुहोस्