ताप्लेजुङ ,श्रावण ९ गते । ताप्लेजुङको एकमात्र ’कुलकर्ण फुट्सल’मा जिल्लामै पहिलोपटक फुट्सल प्रतियोगिता सुरु भएको छ । कुलकर्ण फुट्सल फुङ्लिङ ४ मादेन डाँडाको आयोजना र ताप्लेजुङ जिल्ला फुटबल सङ्घको प्राविधिक सहयोगमा सञ्चालित उक्त प्रतियोगितामा कुल २८ टिमको सहभागिता रहेको सञ्चालक नयन मादेनले जानकारी दिनुभएको छ।२८ टिममध्ये दुई टिम पाँचथर जिल्लाबाट समेत सहभागी भएका हुन् । प्रतियोगितामा प्रथम हुने टिमले नगद रु ५० हजार रुपैयाँ पुरस्कार प्राप्त गर्नेछ भने दोस्रो हुने टिमलाई २५हजार प्रदान गरिने आयोजकले बताएको छ । द्वितीय पुरस्कार तोक्मे काउन्टर समूह ताप्लेजुङले प्रायोजन गरेको छ। प्रतियोगिता भरिको उत्कृष्ट खेलाडी ’प्लेयर अफ द टुर्नामेन्ट’ले नगद रु ५हजार प्राप्त गर्नेछन् । उक्त पुरस्कार डिएनजी कन्स्ट्रक्सन ताप्लेजुङले प्रायोजन गरेको आयोजकले बताएको छ। प्रतियोगिताको समापन आइतबार गरिने ताप्लेजुङ जिल्ला फुटबल संघका अध्यक्ष अशोक चेम्जोङले जानकारी दिनुभयो । वर्षा याममा फुटबल गतिविधिहरू नभइरहेको अवस्थामा फुट्सल खेलको माध्यमबाट युवाहरूलाई एकताबद्ध गराउन प्रतियोगिता आयोजना गरिएको उहाँले बताउनु भएको छ ।–किरण गदाईली,
ताप्लेजुङ जिल्लाकै एकमात्र ’कुलकर्ण पहिलोपटक फुट्सल प्रतियोगिता








