समय : ०६:३९ pm | आइतबार , भाद्र २८ गते २०८३

फक्ताङलुङ गाउँपालिकामा परीक्षाको तुलना गरी बिद्यार्थीलाई आवश्यक पृष्ठपोषण दिने

सेवालुङ खवर | भाद्र २७ गते २०८३

ताप्लेजुङ, भदौ २७ । ताप्लेजुङको फक्ताङलुङ गाउँपालिकाले कक्षा कोठामा शिक्षण सामग्रीको प्रयोग, शिक्षक डायरी, लगवुक, गृहकार्य, दिएको गृहकार्य चेकजाँच, मासिक परीक्षा र दुई मासिक परीक्षा बिचको तुलनालाई पालिकाका सबै बिद्यालयमा अनिवार्य गर्ने भएको छ । गाउँ शिक्षा समितिका अध्यक्ष समेत रहनु भएका पालिका अध्यक्ष राजन लिम्बू(मुक्ति)को अध्यक्षतामा बसेको बैठकले सिकाई उपलब्धी र समग्र बिद्यालय विकासमा प्रधानाध्यापक लाई जिम्मेवार ठहराउँदै तोकिएको जिम्मेवारी र शैक्षिक उद्धेश्य पूरा नगर्ने प्रधानाध्यापकको स्थानीय प्रोत्साहन भत्ता कटौति गर्ने निर्णय समेत गरेको छ । पालिकाले पालिकाका ४० वटे बिद्यालयका प्रधानाध्यापक, शैक्षिक दातृ निकायका प्रतिनिधि, पालिका शिक्षा शाखा रशिक्षाका सरोकारवाला बिच वृहत्त समन्वयतात्मक तथा समिक्षा बैठक मार्फत उक्त निर्णय लिएको हो । निर्णय अनुसार अब फक्ताङलुङ गाउँपालिकाका प्रत्येक बिद्यालयमा अब बिद्यार्थीलाई घरमा अध्ययनका लागि शिक्षकले अध्ययन तालिका अनिवार्य रुपमा बनाइदिनुपर्ने छ । अब पालिकाका प्रत्येक बिद्यालयमा हरेक च्याप्टरको अन्त्यमा कक्षामा परीक्षा लिइने छ भने हरेक महिनाको अन्त्यमा मासिक परीक्षा लिनुपर्ने छ । मासिक रुपमा लिईएको परीक्षाको कागजात सुरक्षित राखी अघिल्लो मासिक परीक्षा र हालसाले लिएको परीक्षाको तुलना गरी बिद्यार्थीलाई आवश्यक पृष्ठपोषण दिने र बिद्यार्थीको शैक्षिक नतिजाका बारेमा अभिभावकलाई समेत नियमित जानकारी गराइने भएको छ । कक्षा कोठामा शिक्षण सामग्री, अभिभावक, शिक्षक तथा बिद्यार्थीको लगबुकको प्रयोग, प्रत्येक च्याटरको परीक्षा, मासिक परीक्षा र दुई मासिक परीक्षाबिचको तुलना तथा पृष्ठपोषणको व्यवहारिक कार्यान्वयनका लागि साझेदार दातृ निकायलाई जिम्मेवारी समेत दिईएको छ ।– खगेन्द्र अधिकारी,

सेवालुङ खबर पढ्नुभएकोमा धन्यवाद यसलाई जीवित राख्नकोलागि तपाइँको आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।

यहाँहरुबाट प्रप्त रकमलाई सम्बन्धित क्षेत्रमा लगानी गर्ने प्रतिबद्धता जाहेर गर्दछौं

fonepay

मा Scan गर्नुहोला

qr-logo

कमेंट गर्नुहोस

यो पनि पढ्नुहोस्