समय : १०:१८ am | शनिबार , भाद्र २७ गते २०८३

उखु किसानको खातामा अनुदान रकम

सेवालुङ खवर | असाेज ९ गते २०८२

चन्द्रपुर (रौतहट), असोज ९ गते । रौतहटका उखु किसानले बिहिबार अनुदानको रकम प्राप्त गरेका छन् । कोष तथा लेखा नियन्त्रक कार्यालय रौतहटले किसानको खातामा अनुदान रकम जम्मा गरेको हो । रौतहटका ३ हजार ६ सय ४६ उखु किसानलाई ३ करोड ४० लाख त्रिपन्न हजार ८सय ८ रुपैया २५ पैसा रुपियाँ अनुदान रकम निकासा गरिएको कोष तथा लेखा नियन्त्रक कार्यालय रौतहटका प्रमुख कोष नियन्त्रक देवी प्रसाद गौतमले जानकारी दिनुभयो ।चाडपर्वको बेला रहेकोले प्राथमिकता दिएर उखु किसानको रकम भुक्तानी गरिएको प्रमुख कोष नियन्त्रक गौतमले बताउनुभयो । रौतहटका उखु किसानले प्रतिक्विन्टल ३५ रुपियाँका दरले अनुदान रकम प्राप्त गरेका छन् । सरकारले गएको वर्ष किसानलाई प्रतिक्विन्टल ७० रुपियाँका दरले अनुदान उपलब्ध गराउने निर्णय गरे पनि अहिले रकम निकासा गर्दा ३५ रुपियाँका दरले वितरण गर्न पुग्ने गरी मात्रै निकासा गरेको थियो ।रौतहटको कटहरिया नगरपालिकामा रहेको श्री बाबा बैजुनाथ सुगर एण्ड केमिकल इण्डस्ट्रि प्रालिले क्रसिङ गरेको उखुको विवरण अनुसार किसानलाई अनुदान रकम निकासा गरिएको कोष तथा लेखा नियन्त्रक कार्यालय रौतहटले जनाएको छ । गोरखापत्र अनलाइन,

सेवालुङ खबर पढ्नुभएकोमा धन्यवाद यसलाई जीवित राख्नकोलागि तपाइँको आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।

यहाँहरुबाट प्रप्त रकमलाई सम्बन्धित क्षेत्रमा लगानी गर्ने प्रतिबद्धता जाहेर गर्दछौं

fonepay

मा Scan गर्नुहोला

qr-logo

कमेंट गर्नुहोस

यो पनि पढ्नुहोस्