समय : १०:१४ am | शनिबार , भाद्र २७ गते २०८३

फिदिम स्पोर्टङ क्लब पाँचथर ताप्लेजुङ गोल्डकपको फाइनलमा प्रवेश,

सेवालुङ खवर | भाद्र १७ गते २०८३

ताप्लेजुङ,भाद्र १७ गते । फिदिम स्पोर्टङ क्लब पाँचथर ताप्लेजुङ गोल्डकपको फाइनलमा पुगेको छ। अनुभवी खेलाडीहरूले भरिएको झापा ११ लाई १ –० गोल अन्तरले पराजित गर्दै फिदिमले डिफेन्डिङ च्यान्पियन सलहेश युथ क्लब सिराहासँगको भेट भाद्र १९ गतेका लागि पक्का गरेको हो। अनडरगक फिदिमले झापालाई खेलको ३५ औं मिनेटमा निराश बनायो । कर्नरबाट आएको बललाई फिदिमका सुसन जबेगुले हेडर मार्फत जाली चुमाइदिए। त्यसपछि झापाको बारम्बारको आक्रमणलाई विफल बनाएको फिदिम पहिलोपटक ताप्लेजुङ गोल्डकपको फाइनलमा पुग्न सफल भएको हो। प्रतियोगिताको फाइनल भाद्र १९ गते हुँदैछ। उक्त खेलबाट चौथो संस्करणको उपाधि विजेता टुङ्गो लगाउने छ । प्रतियोगिताको विजेताले नगद रु ७ लाख २०८३ र उपविजेताले ३ लाख ५२हजार८३रुपैयाँ प्राप्त गर्नेछन् ।- किरण गदाईली,

सेवालुङ खबर पढ्नुभएकोमा धन्यवाद यसलाई जीवित राख्नकोलागि तपाइँको आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।

यहाँहरुबाट प्रप्त रकमलाई सम्बन्धित क्षेत्रमा लगानी गर्ने प्रतिबद्धता जाहेर गर्दछौं

fonepay

मा Scan गर्नुहोला

qr-logo

कमेंट गर्नुहोस

यो पनि पढ्नुहोस्