समय : १२:३५ pm | आइतबार , भाद्र २८ गते २०८३

ताप्लेजुङको निगुरादिनमा बेपत्ता भएको ६ दिनपछि एक महिला मृतअवस्थामा फेला,

सेवालुङ खवर | भाद्र २७ गते २०८३

ताप्लेजुङ – ताप्लेजुङको निगुरादिनमा बेपत्ता भएको ६ दिनपछि एक महिला मृत अवस्थामा फेला परेको छ । आठराई त्रिवेणी गाउँपालिका १ निगुरादिनकी ३३ वर्षीया निर्मला पोमुलाई मृत अवस्थामा फेला पारिएको हो । गत भदौ २१ गते बिहानदेखि बेपत्ता भएको महिला मृत अवस्थामा फेला परेको स्थानीय रोशन शेर्पाले जानकारी दिनुभयो । उहाँका अनुसार शनिबार दिउँसो साढे १ बजे खोजी गर्ने क्रममा गजलडाँडा भीरमा महिलालाई मृत अवस्थामा भेटिएको हो । स्थानीयका अनुसार शव सडेको अवस्थामा भेटिएको छ ।गजलडाँडा भीरको बाटोदेखि करिब ३ सय मिटर तल शव भेटिएको बताइएको छ । बाटोबाट लडेर महिलाको मृत्यु भएको हुन सक्ने स्थानीयको प्रारम्भिक अनुमान रहेको छ । हाल घटनास्थलमा निगुरादिनको अस्थायी प्रहरी चौकी खटेको छ । घटनाको विषयमा थप अनुसन्धान तथा शवको कानूनी प्रक्रिया पुरा गर्न इलाका प्रहरी कार्यालय दोभानबाट प्रहरीको टोली परिचालन गरिएको जिल्ला प्रहरी कार्यालय ताप्लेजुङका प्रमुख तथा प्रहरी नायव उपरीक्षक (डिएसपी) कमल बजगाईले जानकारी दिनुभयो । थप विवरण आउन बाँकी रहेको छ ।– विक्रम लाम्गादे

सेवालुङ खबर पढ्नुभएकोमा धन्यवाद यसलाई जीवित राख्नकोलागि तपाइँको आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।

यहाँहरुबाट प्रप्त रकमलाई सम्बन्धित क्षेत्रमा लगानी गर्ने प्रतिबद्धता जाहेर गर्दछौं

fonepay

मा Scan गर्नुहोला

qr-logo

कमेंट गर्नुहोस

यो पनि पढ्नुहोस्