समय : ०२:५९ pm | आइतबार , भाद्र २८ गते २०८३

पाँचौं मेयरकप ब्याड मिन्टन प्रतियोगिता फागुन १४ बाट,

सेवालुङ खवर | फागुन ४ गते २०८१

ताप्लेजुङ,/फागुन ४ । ताप्लेजुङको फुङलिङमा फागुन १४ देखि १७ गते सम्म पाँचौं मेयरकप जिल्ला स्तरीय ब्याड मिन्टन प्रतियोगिता सञ्चालन हुने भएको छ ।आयोजक जिल्ला ब्याड मिन्टन संघका अध्यक्ष सुरेश सिंघकका अनुसार प्रतियोगिता फुङलिङ नगरपालिका वडा नं ६ स्थित इन्द्रेणी ब्याड मिन्टन हलमा सञ्चालन हुने छ । प्रतियोगिता अन्तरगत ८ वटा बिधामा खेल सञ्चालन हुने भएको छ । प्रतियोगितामा दशौं राष्ट्रिय खेलाडी छनौटतर्फ प्रथम हुनेले नगद १२ हजार र द्धितीय हुनेले नगद ८ हजार ५ सय रुपैयाँ पुरस्कार पाउने छन् । यस्तै महिला र पुरुषतर्फ ताप्लेजुङ र्‍याङकिङमा प्रथम हुनेले नगद १२ हजार र द्धितीय हुनेले नगद ८ हजार ५ सय रुपैयाँ पुरस्कार पाउने छन् ।जिल्ला स्तरीय प्रतियोगितातर्फ ‘ए’समुहको पुरुष डबल्सतर्फका बिजेताले नगद २० हजार र उपबिजेताले १५ हजार रुपैयाँ पुरस्कार पाउँदा ‘बी’समुहको पुरुषत डबल्सर्फका बिजेताले नगद १६ हजार र उपबिजेताले नगद १२ हजार रुपैयाँ पुरस्कार पाउने छन् । ४५ बर्ष भन्दा माथि उमेर समूहको भेट्रान्स डबल्सतर्फका बिजेताले नगद १६ हजार र उपबिजेताले नगद १२ हजार रुपैयाँ पुरस्कार पाउँदा कर्मचारी वा जनप्रतिनिधि डबल्सतर्फका बिजेताले नगद १६ हजार र उपबिजेताले नगद १२ हजार रुपैयाँ पुरस्कार पाउने जिल्ला ब्याड मिन्टन संघले जनाएको छ । एकलतर्फ १५ बर्ष मुनिको पुरुषतर्फ र महिलातर्फका बिजेता र उपबिजेतालाई ब्याडमिन्टन र्‍याकेट पुरस्कार स्वरुप दिइने भएको छ । तर कति मूल्यको र्‍याकेट दिइने भनेर चाँही खुलाईएको छैन । अनुशासित र उदयीमान खेलाडी दुईजनालाई ५ हजार मूल्य बराबरको ब्याडमिन्टन र्‍याकेट दिइने भएको छ । एकलतर्फ १५ बर्ष मुनिको पुरुषतर्फ र महिलातर्फका खेलाडीलाई प्रवेश शुल्क लाग्ने छैन भने अरु सबैलाई नगद एकहजार रुपैयाँ प्रवेश शुल्क निर्धारण गरिएको छ ।१५ बर्ष मुनि उमेर समूह र ताप्लेजुङ र्‍याङकिङतर्फ उत्कृष्ट ५ भित्र पर्ने खेलाडीलाई निःशुल्क रुपमा एकमहिने ब्याड मिन्टन प्रशिक्षण तालिम समेत दिइने आयोजक जिल्ला ब्याड मिन्टन संघले जनाएको छ । फुङलिङ नगरपालिकाको मुख्य प्रायोजनमा प्रतियोगिता हुन लागेको हो ।साभार उज्यालो पोष्ट,

सेवालुङ खबर पढ्नुभएकोमा धन्यवाद यसलाई जीवित राख्नकोलागि तपाइँको आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।

यहाँहरुबाट प्रप्त रकमलाई सम्बन्धित क्षेत्रमा लगानी गर्ने प्रतिबद्धता जाहेर गर्दछौं

fonepay

मा Scan गर्नुहोला

qr-logo

कमेंट गर्नुहोस

यो पनि पढ्नुहोस्