ताप्लेजुङ,/ ताप्लेजुङमा खेलकुद कार्यक्रमका लागि खेलकुदका संघसंस्था वा क्लवहरुलाई आवश्यक कागजात सहित आबेदन गर्न जिल्ला खेलकुद विकास समिति ताप्लेजुङले जनाएको छ । खेलकुद विकास समितिले अनुदान प्राप्त गर्न चाहने खेलकुदका संघ संस्था वा क्लवहरुलाइ आवश्यक कागजात सहित आबेदन गर्न लागेको हो । खेलकुदका संघसंस्था वा क्लवहरुलाई मापदण्ड आधारमा अनुदान सहयाता वितरण कार्यक्रम कोशी प्रदेश मार्फत अनुदान उपलब्ध गराउन लागिएको समितिले जनाएको छ । अनुदान प्राप्त गर्न चाहने खेल कुदका संघ संस्था वा क्लवले आफुले आयोजना गर्न चाहेको खेलकुदको प्रस्तावना सहित आवश्यक कागजात र प्रदेश खेलकुद बोर्ड कोशी प्रदेश मार्फत आबेदन गर्न जिल्ला खेलकुद विकास समितिका अध्यक्ष नरेन्द्र कुमार(गणेश)मावो लिम्बूले बताउनु भएको छ ।
जिल्ला खेलकुद विकास समिति ताप्लेजुङद्धरा अनुदानका लागी आबेदन दिन आवह्वान








