समय : ०२:५९ pm | आइतबार , भाद्र २८ गते २०८३

पुषे मेला भलिबलको उपाधि भोजपुरलाई

सेवालुङ खवर | पौष ७ गते २०८१

पुस ६,२०८१/ताप्लेजुङको दोभान बजारमा पुसे मेला अवसरमा भएको अन्तराष्ट्रिय आमन्त्रण तथा अन्तर जिल्ला स्तरीय पुरुष भलिबल प्रतियोगिताको उपाधी भोजपुरले जितेको छ ।शुक्रबार भएको फाईनल खेलमा पाथीभरा टाईगर भलिबल क्लब (पिटीभिसी) झापालाई ३–० को सोझो सेटमा पराजित गर्दै उपाधी चुम्न सफल भएको हो । भोजपुरले २५–२१,२५–१६, २५–२३ अङ्कले पिटीभिसीलाई पछि पार्दै नतिजा आफ्नो पोल्टोमा पार्न सफल भयो ।उपाधी सँगै भोजपुरले नगद ३ लाख रुपैँया सहित ट्रफि मेडल र प्रमाणपत्र प्राप्त गरेको थिए । उपविजेता बनेको पिटिभिसीले नगद १ लाख ७५ हजार सहित ट्रफि मेडल र प्रमाणपत्रमा चित्तबुझाउन बाध्य भयो ।त्यस अघि भएको सेमिफाईनखेलमा भोजपुर सभापोखरी सङ्खुवासभालाई २५–२३, ३०–२८, २५–२१ को सेटमा पराजित गरी फाईन प्रवेश गरेको थियो ।त्यस्तै पिटीभिसी मुकेश मेमोरियल क्बल ताप्लेजुङलाई २५–१९,२५–२१,२५–१९ अङ्कले पछि पार्दै फाईनलमा प्रवेश गरिएको थियो । राष्ट्रिय रेफ्रि दिवस चोङबाङका अनुसार प्रतियोगितको बेस्ट प्लेयर भोजपुरका विष्णु बस्नेत घोषित हुँदै नगद ७ हजार सहित पुरस्कृत हुनुभयो । त्यस्तै बेस्ट सेटर भोजपुरको मनोज घिमिरे, बेस्ट सरभर एमएमसि ताप्लेजुङका हेमन्त मल्ल, बेस्ट स्टाईकर पिटिभिसीका सञ्जु बिक्रम शाह, बेस्ट ब्लकर भोजपुरका रोमन बस्नेत, बेस्ट डिफेन्डर सभापोखरी सङ्खुवासभाका सन्तोष राई घोषित हुँदै सबैले समान नगद ५ हजार सहित पुरस्कृत हुनभयो ।त्यस्तै सेमिफाईनमा पुग्न सफल सभापोखरी सङ्खुवासभा रमुकेश मेमोरियल क्बल ताप्लेजुङले समान नगद ५० हजार सहित पुरस्कृत भयो । पुसे मेला सञ्चालन समिती तथा दोभान स्पोर्टिङको आयोजनामा भएको प्रतियोगितामा नाम्चे भलिबल क्लब सिक्कम सहित देश भित्रका ७ क्लबको सहभागिता रहेको थियो ।साभार,वेलकम खबर

सेवालुङ खबर पढ्नुभएकोमा धन्यवाद यसलाई जीवित राख्नकोलागि तपाइँको आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।

यहाँहरुबाट प्रप्त रकमलाई सम्बन्धित क्षेत्रमा लगानी गर्ने प्रतिबद्धता जाहेर गर्दछौं

fonepay

मा Scan गर्नुहोला

qr-logo

कमेंट गर्नुहोस

यो पनि पढ्नुहोस्