समय : ०२:५८ pm | आइतबार , भाद्र २८ गते २०८३

साँवा स्थित तेम्बामा अध्यक्ष कप तथा फुङफुङ्गे महोत्सवमा उपाधि नाल्बु र सावादिनको जित,

सेवालुङ खवर | मंसिर १२ गते २०८१

ताप्लेजुङको मिक्वाखोला गाउँपालिका वडा नं ४ साँवा स्थित तेम्बामा अध्यक्ष कप तथा फुङफुङ्गे महोत्सव अन्तरगतको फुटबल उपाधि नाल्बु र सावादिनले जितेका छन् ।वडा स्तरीय फुबटल प्रतियोगिता अन्तरगत पुरुषतर्फको उपाधि मेरिङदेन गाउँपालिका वडा नं ६ नाल्बुले हात पार्दा महिलातर्फको उपाधि फक्ताङलुङ गाउँपालिका वडा नं १ सावादिनले हात पारेको आयोजक फुङफुङ्गे झरना पर्यटन विकास समितिका अध्यक्ष विजय साँवाले जानकारी दिनुभयो ।फक्ताङलुङ गाउँपालिका वडा नं ३ लिङखिमलाई सडनडेथमा हराउँदै नाल्बुले पुरुषतर्फको उपाधि रक्षा गरेको हो । यसअघि निर्धारित समयमा दुबै टोलीले १–१ को बराबरी खेलेका थिए । टाईब्रेकर पनि ३–३ को बराबरीमा टुङ्गिएपछि नाल्बुले लिङखिमलाई सडनडेथमा ४–३ ले हराएर उपाधि चुम्यो ।बिजेताले नाल्बुले नगद १ लाख ११ हजार १ सय ११ रुपैयाँका साथ ट्रफी,मेडल र प्रमाणपत्र प्राप्त ग¥यो । उपबिजेता भएको लिङखिम ६१ हजार १ सय ११ रुपैयाँका साथ ट्रफी,मेडल र प्रमाणपत्रको हकदार बन्यो । उता महिलातर्फको उपाधि मिक्वाखोला गाउँपालिका वडा नं ४ साँवालाई १–० ले पराजित गर्दै सावादिन बिजेता बन्यो ।बिजेता सावादिनले ५५ हजार १ सय ११ रुपैयाँका साथ ट्रफी,मेडल र प्रमाणपत्र प्राप्त गर्दा उपबिजेता बनेको साँवाले ३१ हजार १ सय ११ रुपैयाँका साथ ट्रफी,मेडल र प्रमाणपत्र प्राप्त ग¥यो । २९ बर्षपछि तेम्बामा फेरि मेला र महोत्सव सुरु भएको छ । सुरुमा फुङफुङ्गे मेला मात्र आयोजना गर्ने भनिएकोमा पछि अध्यक्ष कप समेत थप गरी कार्यक्रमलाई बृहत्त बनाई महोत्सवको रुपमा रुपान्तरण गरिएको थियो ।साभार : उज्यालो पोष्ट,

सेवालुङ खबर पढ्नुभएकोमा धन्यवाद यसलाई जीवित राख्नकोलागि तपाइँको आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।

यहाँहरुबाट प्रप्त रकमलाई सम्बन्धित क्षेत्रमा लगानी गर्ने प्रतिबद्धता जाहेर गर्दछौं

fonepay

मा Scan गर्नुहोला

qr-logo

कमेंट गर्नुहोस

यो पनि पढ्नुहोस्