ताप्लेजुङ,ताप्लेजुङको फक्ताङलुङ गाउँपालिकामा ताप्लेजुङ,जिल्ला विपद् व्यवस्थापन समितिद्धारा विभिन्न ठाउँको बाढी,पहिरो प्रभावित क्षेत्रमा स्थलगत निरिक्षण तथा अनुगमन गरेको छ । प्रमुख जिल्ला अधिकारी रविन्द्र आचार्यज्युको प्रमुख उपस्थितिमा पहिरोको विपद् व्यवस्थापन समितिका अध्यक्ष एवम् प्रमुख जिल्ला अधिकारी रविन्द्र आचार्यज्युको प्रमुख उपस्थितिमा क्षेत्रमा स्थलगत निरिक्षण तथा अनुगमन भएको हो । जिल्लाका सुरक्षा निकायका प्रमुखहरु,स्थानीय जनप्रतिनिधिहरु,नेपाल रेडक्रस सोसाइटी ताप्लेजुङ,उद्योग बाणिज्य संघ ताप्लेजुङ, नेपाल पत्रकार महासंघ ताप्लेजुङ लगायत विभिन्न संघ संस्थाका प्रतिनिधिहरुको उपस्थितिमा बाढी,पहिरो प्रभावित क्षेत्र ताप्लेजुङ,फक्ताङुलुङ गाउँपालिका वडा नं २ खेजेनिममा स्थलगत निरिक्षण तथा अनुगमन गरीएको हो । साथै फक्ताङलुङ गापा २ नं वडा कार्यलयमा मनसुनजन्य जोखिमको न्युनीकरण तथा प्राकृतिक विपद् बाट बच्न स्थानी यहरुसँग अनौपचारिक अन्तर्क्रिरया पनी सम्पन्न गरेको छ । सोही सन्दर्भमा ताप्लेजुङ,फक्ताङुलुङ गाउँपालिका वडा नं २ तिङ्दु खेजेनिममा गत जेठ ३१ गते आएको पहिरोमा परि एकै परिवारका ४ सदस्यको दुखद निधन प्रति दुख व्यक्त गर्दै शोकाकुल परिवारजन सँग भेटघाट गरि गहिरो समवेदना व्यक्त गरेकाछन् । सोही वडा का खेजेनिम माविको विद्यालय नजिक रहेको एक घरमा पहिरोमा परि घाइते हुनु भएका दुइजना सँग पनि भेटघाट गरि सरकारको तर्फबाट राहत स्वरुप नगद हस्तान्तरण गर्दै पहिरोमा परि घाइते भएकालाई सिघ्र स्वास्थ्य लाभको कामनापनी गरेका छन् ।साभार
जिल्ला विपद् व्यवस्थापन समितिद्धारा फक्ताङलुङ गाउँपालिकाको बाढी,पहिरो प्रभावित क्षेत्रमा स्थलगत अनुगमन








