काठमाडौं / आगमी चैत ७ गते मुक्कुमलुङ(पाथीभरा) संरक्षक र सरकारबीच उच्चस्तरीय वार्ता हुने भएको छ ।मुक्कुमलुङमा नो केवलकार पक्षधर मुक्कुलुङ ताङसेःप चुम्भो र मुक्कुमलुङ संरक्षण अन्तरदलीय राजनीतिक दलहरुको वार्ता सहजीकरण समिति र सरकारी वार्ता टोलीवीच आज काठमाडौमा भएको छलफलमा सो निर्णय भएको सहजीकरण समितिको संयोजक सरु सिंघकले जानकारी दिए ।मुक्कुमलुङ संयुक्त संघर्ष समितिले सरकारलाई दवाब दिन पर्सि ६ गते सिंहदरबार घेराउको कार्यक्रम राखेको छ । वार्ता र आन्दोलनसँगै लाने नीति अनुसार सिंहदरबार घेराउ कार्यक्रम नरोकिने लिम्बू थरगत संस्था सहजीकरण समूहका संयोजक नन्द कन्दङ्वाले बताए ।सरकारी पक्ष र मुक्कुमलुङ संरक्षक वार्ता सहजीकरण समितिबीच बेस्ट वेस्र्टन प्लस होटल, पिङ्गलास्थान काठमाडौंमा छलफल भएको थियो ।आज (फागुन ४) बिहान ११ बजेदेखि करिव ४ घण्टा छलफलबाट उच्चस्तरीय वार्ता गर्ने निर्णय भएको हो । नेपाल सरकारको मन्त्री वा सचिव स्तर र आन्दोलनरत पक्षको शीर्षष्त नेताहरुसहित ७ चैत्रमा उच्चस्तरीय बार्ता बस्नेत निर्णय भएको छ ।सरकारी वार्ता टोलीका संयोजक सहसचिव प्रेमप्रसाद भट्टराई र मुक्कुमलुङ संयुक्त संघर्ष समितिको तर्फबाट वार्ता सहजीरकरण समितिको संयोजक सरु सिंघकको नेतृत्वमा छलफल भएको थियो ।मुक्कुमलुङ संरक्षकको तर्फबाट कुमार लिम्बू, सुर्यविक्रम चेम्जोङ, धनराज चोङ्बाङ, दीपक याक्खा, अर्जुन जम्नेली राई, दीपक याक्खा, लवन न्यौपाने, सन्तोष मेहता, पदम जवेगु, आलोक माबोहाङ वार्ता सहजीकरण समितिको सदस्य रहेका थिए ।नेपाल सरकार गृह मन्त्रालयले चैत्र १ गते पत्र पठाएर वार्ताको लागि पुनः आव्हान गरेका थिए । मुक्कुमलुङमा केवलकार निर्माण खारेजीको माग गर्दै आन्दोलनरत पक्षलाई फागुन १० गते ताप्लेजुङको फुङ्लिङ्ग बजारमा प्रहरी प्रशासनले अमानवीय व्यवहार गर्दै कुटपिट गरी घाइते बनाउनुको साथै १८ जनालाई नियन्त्रण गरेको थियो । नेताहरुलाई वारेन्ट काटेको छ । ताप्लेजुङमा पक्राउ परेका मुक्कुमलुङ संरक्षणकर्मीहरुलाई सरकारले अझै छाडेको छैन ।केवलकार खारेज नभएसम्म आन्दोलन जारी रहने कुनै हालतमा बन्न नदिने, बनाउन सुरु गरेपनि भत्काइदिने पाथीभरा केबलकार खारेजी संयुक्त संघर्ष समितिका संयोजक खगेन्द्र फेम्बूले बताउदै आएका छन् । साभारः माङसेबुङ न्युज, डट कम ,
चैत ७ गते मुक्कुमलुङ संरक्षक र सरकारबीच उच्चस्तरीय वार्ता हुने,








