झापा/दमक,२०८१ मंसिर २३ गते आईतबार नेकपा एमालेका अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली विरुद्ध प्रदेश नं.१पुन स्नामाकन संयूक्त संङघष समितीका कार्यकर्ताद्धरा झापाको दमकमा विरोध प्रदशन गरेको छ । प्रधानमन्त्री ओली पुग्ना साथ पुन स्नामाकन संयूक्त संङघष समितीका कार्य कर्ताद्धराहरुले विरोध प्रदर्शन गरेका थिए । विरोध प्रदशन गर्ने क्रममा संङघष समितीका १०जना कार्य कर्ताहरुलाई प्रहरीले पक्रउ गरी नियन्त्रणमा लिएको छ । त्यस्तै पक्राउ पर्नेमा केदार धिमाल,मातृका धिमाल,गङ्गा राई सेर्मा,विक्रम वनेम फागो,याम लोरिङ्देन,एलबी पालुङ्वा,सोम चेम्जोङ,बिबेक सुनुवार,तीर्थ खडका र दिनेश किराती लाई प्रहरीले नियन्त्रणमा लिएको पुन स्नामाकन संयूक्त संङघष समितीले जनाएको छ । तत्कालीन प्रदेश १ ले कोशी नाम पाएसँगै पहिचानको आधारमा नामांकन हुनुपर्ने माग राख्दै पहिचान पक्षधर आन्दोलनरतमा छन् । यसअघि राष्ट्रिय स्वतन्त्र पार्टीका कार्यकर्ता– समर्थकले मेची नगरमापनी प्रधानमन्त्री ओलीलाई कालो झन्डा देखाएका थिए । नेकपा एमालेका अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली दुई दिने भ्रमणका लागि र दमक नगरपालिका– ३ दापगाँछीमा बनेको १८ तले भ्यु टावरको उद्घाटनका लागि आइतबार झापा आएका हुन् । आप्नो गृह जिल्ला झापामा आयोजना गर्ने विभिन्न कार्यक्रम सहभागीका लागी प्रधानमन्त्री ओली झापामा आउनुभएको थियो । प्रधानमन्त्री आउने भएपछि झापाको सुरक्षा ब्यवस्थालाई कडा बनाइएको थियो।
झापाको दमकमा विरोध प्रदशन १० कार्यकर्ता पहिचानबादी पक्राउ,








