समय : ०३:२४ pm | सोमबार , भाद्र २९ गते २०८३

कोशी प्रदेशको मन्त्रीमण्डल विस्तार,

सेवालुङ खवर | भाद्र २९ गते २०८१

मोरङ, भदौ २८। कोशी प्रदेशमा मुख्यमन्त्री हिक्मतकुमार कार्की नेतृत्वको मन्त्रीमण्डल विस्तार गरिएको छ । विसं २०८१ वैशाख २७ र जेठ ४ गते गठित मन्त्रीपरिषदमा तीन मन्त्री र एक राज्यमन्त्री थप गरी शुक्रवार मन्त्रीमण्डल विस्तार गरिएको हो । कोशी प्रदेशका प्रदेश प्रमुख परशुराम खापुङले मुख्यमन्त्री कार्कीको सिफारिसमा नेपालको संविधानको धारा १६८ को उपधारा (९) बमोजिम नवनियुक्त मन्त्रीहरुलाई पद तथा गोपनीयताको शपथग्रहण गराएका छन् । प्रदेश प्रमुख खापुङले भौतिक पूर्वाधार विकास मन्त्रीमा भूपेन्द्र राई, उद्योग, कृषि तथा सहकारी मन्त्रीमा खगेनसिंह हाङ्गाम र पर्यटन, वन तथा वातावरण मन्त्रीमा सदानन्द मण्डललाई शपथग्रहण गराएका थिए । यसैगरी मुख्यमन्त्री कार्कीले भौतिक, पूर्वाधार विकास राज्यमन्त्रीमा भूमिप्रसाद राजवंशीलाई पद तथा गोपनीयताको शपथग्रहण गराएका थिए । शपथग्रहण समारोहमा कोशी प्रदेशका सभामुख अम्बरबहादुर विष्ट, प्रदेशका विभिन्न मन्त्रालयका मन्त्रीहरु, सुरक्षा निकायका प्रमुखहरु, विभिन्न मन्त्रालयका सचिव, राजनीतिक दलका कार्यकर्तालगायतको उपस्थिति रहेको थियो । साभार पूर्वा अञ्चल दैनिक बाट,

सेवालुङ खबर पढ्नुभएकोमा धन्यवाद यसलाई जीवित राख्नकोलागि तपाइँको आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।

यहाँहरुबाट प्रप्त रकमलाई सम्बन्धित क्षेत्रमा लगानी गर्ने प्रतिबद्धता जाहेर गर्दछौं

fonepay

मा Scan गर्नुहोला

qr-logo

कमेंट गर्नुहोस

यो पनि पढ्नुहोस्