समय : ०३:२४ pm | सोमबार , भाद्र २९ गते २०८३

१०० गाउँपालिकामा खटिए प्रमुख प्रशासकीय अधिकृत सूचीसहित

सेवालुङ खवर | भाद्र २७ गते २०८१

काठमाडौँ — महिनौँदेखि प्रमुख प्रशासकीय अधिकृतविहीन रहेका एक सय वटा गाउँपालिकाले एकैपटक प्रमुख प्रशासकीय अधिकृत पाएका छन् । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले बिहीबार एक सय वटा गाउँपालिकामा प्रमुख प्रशासकीय अधिकृत खटाएको हो ।बुधबार शाखा अधिकृतमा नियुक्त भएका १०६ जना शाखा अधिकृतहरूमध्ये ६ जनालाई काठमाडौंमै खटाइएको छ । मन्त्रालयले अरु एक सय जनालाई प्रमुख प्रशासकीय अधिकृतका रुपमा खटाएको हो ।बाँकी ६ मध्ये ३ जनालाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा खटाइएको छ भने अन्य ३ जनालाई अतिरिक्त समूहमा राखिएको छ ।हाल १२३ वटा गाउँपालिका प्रमुख प्रशासकीय अधिकृतविहीन रहेकोमा मन्त्रालयले एकैपटक एक सय गाउँपालिकामा अधिकृतहरू खटाएको हो । रिक्त रहेका २३ गाउँपालिकामा पनि जतिसक्दो चाँडै प्रमुख प्रशासकीय अधिकृत पठाउने तयारी भइरहेको मन्त्रालयले जनाएको छ ।मन्त्रालयका अनुसार सहसचिवको दरबन्दी रहेका ६ वटै महानगरपालिकामा दरबन्दीअनुसार प्रमुख प्रशासकीय अधिकृत खटिएका छन् । सहसचिवकै दरबन्दी रहेका ११ उपमहानगरपालिकामध्ये एउटामा प्रमुख प्रशासकीय अधिकृतको पद रिक्त छ । त्यस्तै, २७६ नगरपालिकामा उपसचिवको दरबन्दी रहेकोमा १४६ नगरपालिकामा पदपूर्ति भइसकको छ। अब १३० नगरपालिकामामात्रै प्रमुख प्रशासकीय अधिकृतको पद रिक्त छ ।देशभर ७५३ मध्ये १५४ स्थानीय तहमा प्रमुख प्रशासकीय अधिकृतको पद रिक्त छ । ती स्थानीय तह निमित्त प्रमुख प्रशासकीय अधिकृतको भरमा चलिरहेका छन् । साभार इ कान्तिपुर डटकम,

सेवालुङ खबर पढ्नुभएकोमा धन्यवाद यसलाई जीवित राख्नकोलागि तपाइँको आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।

यहाँहरुबाट प्रप्त रकमलाई सम्बन्धित क्षेत्रमा लगानी गर्ने प्रतिबद्धता जाहेर गर्दछौं

fonepay

मा Scan गर्नुहोला

qr-logo

कमेंट गर्नुहोस

यो पनि पढ्नुहोस्