समय : ०६:०१ am | सोमबार , भाद्र २९ गते २०८३

आगामी भदौ ३ गतेदेखि ताप्लेजुङमा गोल्डकप हुने

सेवालुङ खवर | श्रावण ४ गते २०८१

ताप्लेजुङ ताप्लेजुङमा २०८१ आगामी भदौ ३ गतेदेखि जिल्लाकै ठुलो प्रतियोगिता ताप्लेजुङ गोल्डकप आयोजना हुने भएको छ । सदाझै लाखेजात्राको अवसरमा खेलाइने दोस्रो संस्करणको ताप्लेजुङ गोल्डकप भदौ ३ देखि १० गतेसम्म आयोजना हुने भनिएको हो । समितिको आयोजना हुने लाखेजात्रा सञ्चाल ताप्लेजुङ गोल्डकप फुटबल प्रतियोगिता सदरमुकाम फुङ्लिङमा सञ्चालन हुने भनिएको छ । सञ्चाल समितिको बैठकले गोल्डकप आयोजना गर्ने निर्णय गर्दै प्रतियोगितालाई यसवर्ष विगतमा भन्दा थप व्यवस्थित र विशिष्ट बनाउने गरी तयारीमा लाग्ने निर्णय गरेकोसमेत समितिका अध्यक्ष देवराज गुरुङले जानकारी गराएकाछन् । प्रतियोगितालाई विशिष्ट बनाउन नेपालका नाम चलेका ‘ए’ डिभिजन क्लबहरूलाई आमन्त्रण गर्ने निर्णय गरिएको गुरुङले बताएका छन् । यसअघि ताप्लेजुङ गोल्डकप फुटबल प्रतियोगिताका विजेताले तीन लाख ११ हजार १११ र उपविजेताले एक लाख ११ हजार १११ रुपियाँ राशिको नगद पुरस्कार पाउँदै आएको थियो ।

सेवालुङ खबर पढ्नुभएकोमा धन्यवाद यसलाई जीवित राख्नकोलागि तपाइँको आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।

यहाँहरुबाट प्रप्त रकमलाई सम्बन्धित क्षेत्रमा लगानी गर्ने प्रतिबद्धता जाहेर गर्दछौं

fonepay

मा Scan गर्नुहोला

qr-logo

कमेंट गर्नुहोस

यो पनि पढ्नुहोस्