समय : ०३:५० pm | सोमबार , भाद्र २९ गते २०८३

जिल्ला खेलकुद विकास समिति ताप्लेजुङले विद्यालयलाई खेलकुद सामाग्री वितरण

सेवालुङ खवर | जेठ ३० गते २०८१


ताप्लेजुङ,ताप्लेजुङको सिरीजंघा गाउँपालिका तेल्लोक माध्यमिक विद्यालयलाई जिल्ला खेलकुद विकास समिति ताप्लेजुङले खेलकुद सामाग्री वितरण गरेको छ । जिल्ला खेलकुद विकास समिति ताप्लेजुङ र समितिका अध्यक्ष गणेश माबोले संयुक्त रुपमा खेलकुदका सामाग्री विद्यालयलाई वितरण गरेको हो । अध्यक्ष माबोका अनुसार उक्त विद्यालयलाई निकासा भलिबल २ थान, फुटबल २ थान, बुद्धिचाल ४ सेट र भलिबलका लागि नेट जाली १ थान प्रदान गरिएको हो । जिल्ला खेलकुदबाट उपलब्ध भएका सामाग्रीमा पुन आफूले केही सामाग्री थप गरि विद्यालयलाई वितरण गरिएको अध्यक्ष माबोले बताएका छन् । उहाँले विद्यार्थीका लागि उपलब्ध गराएको सामाग्रीले विद्यालयमा पढ्नेहरुलाई खेलाडीको लागि विशेष टेवा पुग्ने भन्दै विश्वास लिएका छन् । विद्यालयलाई केहि आवश्यक खेलकुदका सामाग्री उपलब्ध गराएको प्रति तेल्लोक माध्यमिक विद्यालयका प्रधानाध्यापक रुकमान थेबेले आभार प्रकट गरेकाछन् ।

सेवालुङ खबर पढ्नुभएकोमा धन्यवाद यसलाई जीवित राख्नकोलागि तपाइँको आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।

यहाँहरुबाट प्रप्त रकमलाई सम्बन्धित क्षेत्रमा लगानी गर्ने प्रतिबद्धता जाहेर गर्दछौं

fonepay

मा Scan गर्नुहोला

qr-logo

कमेंट गर्नुहोस

यो पनि पढ्नुहोस्