ताप्लेजुङ,हिमाली संरक्षण मञ्च रेडपाण्डा नेटवर्कले आउँदो असोज ५ गते ताप्लेजुङमा हुने अन्तराष्ट्रिय रेडपाण्डा ट्रेल म्याराथन प्रतियोगिता गर्ने भएको छ । भदौ १७ गते सोमवार मञ्चले पत्रकार सम्मेलन गर्दै हिमाली संरक्षण मञ्चले रेडपाण्डा नेटवर्क र फुङलिङ नगरपालिका सहितका निकायसंग मिलेर गर्न लागेको हो । जिल्ला समन्वय समिति प्रमुख छिरिङ लामा र फुङलिङ नगरप्रमुख अमिर मादेनको उपस्थितिमा सोमवार मञ्चले पत्रकार गरको हो । सम्मेलनको आयाजना गर्दै रेडपाण्डा ट्रेल म्याराथन प्रतियोगिताका बारेमा जानकारी गराएको थियो । संरक्षण मञ्चका कार्यवाहक अध्यक्ष भिङमारे लिम्बूका भनाई अनुसारर प्रतियोगितामा सहभागीलाई फुङलिङ बजार बाट सुरु भई ३ हजार ७९४ मिटर उचाईको पाथीभरा मन्दिर सम्म पुगेर पुनःफुङलिङ बजार फर्कने गरी कूल ४८ किलोमिटर दुरी तयार गरिएको छ । महिला हाफ म्याराथन नभई पुरुष र महिला म्याराथन हुने छ । पुरुष तथा महिला म्याराथनका धावकहरुलाई एकैपटक र एकै समयमा दौडाईने छ । हिमाली संरक्षण मञ्चले रेडपाण्डा म्याराथनमा सहभागी हुने बिदेशी धावकका लागि जनही १ सय अमेरिकी डलर दर्ता शुल्क तोकेको छ । ताप्लेजुङ,पाँचथर र इलाम जिल्लाका लागि जनही १ हजार रुपैयाँ दर्ता शुल्क तोकिएको छ । विश्व समुदायमा रेडपाण्डाको संरक्षण अभियानको सन्देश दिन असोज ५ गते अर्थात् सेक्टेम्बर २१ तारेखका दिन विश्व रेडपाण्डा दिवस मनाउने ताप्लेजुङ हिमाली संरक्षण मञ्चका कार्यक्रम संयोजक रमेश राईले बताएका छन् ।



फोटो तस्विर:-बसन्त लिम्बु लाबुङ








