समय : ०५:२१ pm | शुक्रबार , वैशाख ४ गते २०८३

ताप्लेजुङमा चैत्र ११ गतेबाट सुरु भएको ३ दिने ताप्लेजुङ बज्रगुरु मन्त्रजप कार्यक्रम सम्पन्न,

सेवालुङ खवर | चैत्र १५ गते २०८२

ताप्लेजुङमा चैत्र ११ गतेबाट सुरु भएको ३ दिने ताप्लेजुङ बज्रगुरु मन्त्रजप कार्यक्रम सम्पन्न भएको छ । भारतबाट आउनु भएका विश्व बिख्यात प्रमुख लामा कुन्दोलिङ ताक्छक रिम्पोछेको उपस्थितिमा मत्रजप कार्यक्रम सम्पन्न भएको हो । ३ दिने कार्यक्रममा २५ लाख बढी भेटि समेत सङ्कलन भएको मुल आयोजक समितिले जनाएको छ । विश्व शान्ती मानव एकताका लागि आयोजित कार्यक्रममा कोशी प्रदेशका विभिन्न जिल्लाबाट १३ हजार बढी भक्तजनहरु आएको समितिका सदस्य सचिव पासाङ रिता शेर्पाले जानकारी दिनुभयो । भक्तजनका लागि तीन दिननै निशुल्क भोजनको समेत ब्यबस्था गरिकएको आयोजकले जनाएको छ । २०७३ सालबाट सुरु भएको मन्त्रजप यश बर्ष सातौं पटक आयोजना भएको हो । - वित्रम लाम्गादे,

सेवालुङ खबर पढ्नुभएकोमा धन्यवाद यसलाई जीवित राख्नकोलागि तपाइँको आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।

यहाँहरुबाट प्रप्त रकमलाई सम्बन्धित क्षेत्रमा लगानी गर्ने प्रतिबद्धता जाहेर गर्दछौं

fonepay

मा Scan गर्नुहोला

qr-logo

कमेंट गर्नुहोस

यो पनि पढ्नुहोस्