ताप्लेजुङ/ ताप्लेजुङको फुङ्लिङ नगरपालिकामा लिम्बुहरुको सिसेक्पा तङनाम तथा शुभकामना आदान प्रदान समपन्न भएको छ । ताप्लेजुङ किरात याक्थुङ जिल्ला शाखाको आयोजनामा लिम्बु समुदायहरुको सिसेक्पा तङनाम तथा साउने सङक्रान्ती येले तङबे ५०८६ को पावन अवसरमा शुभकामना आदान प्रदान आज मिती २०८३ साउन १ गते किरात याक्थुङ कलाकार मञ्चको कार्यालय ताप्लेजुङ फुङ्लिङ नगरपालिका – ६ साधु धारामा समपन्न भएको थियो । किरात याक्थुङ चुम्लुङ् प्रदेश समिती सदस्यको प्रमुख अतिथी मनिष हेल्लोक,विसिष्ट अतिथी खगेन्द्र फेम्बो,लेख व. पालुङवा, श्रि लिङखिम , सरोज कङलिवा,अरुन लेर्छर्वो ,याक्थुङ केलाङ समुह, याक्थुङ या,लाङ समुह,हरुको उपस्थितीमा कार्यत्रम सम्पन्न भएको र केलाङ या लाङ समेत कलाकार हरु द्धारा प्रस्तुत गरिएको ताप्लेजुङ किरात याक्थुङ जिल्ला शाखा सचिव सरोज कङलिवाले बताउनु भयो ।संस्कार संस्कृती परम्परा लिम्बु समुदायहरुको सिसेक्पा अनुसार आज बेलुका घर–घरमा खान पिन पछी नराम्रो समयहरुलाई सिसेक्पा तङनाम तथा साउने सङक्रान्ती खेदउने गरीन्छ ।
ताप्लेजुङमा सिसेक्पा तङनाम तथा साउने सङक्रान्तीको अवसरमा शुभकामना आदान प्रदान,








