२०८३ भदौ २० गते शनिबार। ताप्लेजुङमा “मुन्धुम रहे सस्कार संस्कृति रहने छ संस्कार संस्कृति रहे हामी रहने छौ“मूल नाराका साथ आज ताप्लेजुङमा किरात याक्थुङ चुम्लुङको ३८ औं स्थापना दिवस अवसरमा याक्थुङ लिम्बु जातिको सस्कार सस्कृति संरक्षण गर्दै यालाड, केलाङ, माङलाङ, भब्यताका साथ धाननाच कार्याक्रम सम्पन्न भएको छ । उक्त कार्याक्रम किरात याक्थुङ चुम्लुङ जिल्ला शाखा ताप्लेजुङको आयोजनामा फुङलिङ– ४ फाल्गुनन्द चोक तोक्मेमा भएको हो । किरात याक्थुङ चुम्लुङको ३८ औं स्थापना दिवस साथै याक्थुङ लिम्बु जातिको सस्कार सस्कृति संरक्षण गर्दै यालाड, केलाङ, माङलाङ, हुनुका साथै तुतु तुयाहाड, याक्लासुहाड, नालिथाङबेन, सिसामेच्छिन र सबै आम ताप्लेजुङ बासीहरू मौलिक पोसाकमा सजिएर उपस्थित भएका थिए । ३८ औं स्थापना दिवस अवसरमा पूर्व प्रदेश मन्त्री माननिय जिल्लाका प्रमुख अधिकारी कार्यालय प्रमुख ,नगर उप प्रमुख जनप्रतीनिधी,सञ्चार कर्मी लगायत भिविन्न संघ संस्था प्रतीनधिहरुको उपस्थिती रहेका किरात याक्थुङ चुम्लुङ जिल्ला शाखा ताप्लेजुङका सचिव सरोज कङलिवाले बतएका छन् ।









