समय : ०२:५८ pm | आइतबार , भाद्र २८ गते २०८३

धरान–५ स्थित कागुनेमा याकथुङ मौलिकता परम्परा अनुसार चासोक तङनाम मनाए,

सेवालुङ खवर | मंसिर १ गते २०८१

धरान, धरान–५ स्थित कागुनेमा युमा साम्यो महासभा नेपालको आयोजनामा धुमधाम सगले याकथुङ मौलिकता परम्परा अनुसार चासोक थिसोक्त/क्सोक थिसोक्/तङनाम मनाएको छ। युमा साम्यो महासभा नेपालकोआयोजनामा धरान कागुने स्थित उक्त उधौंली पर्व चासोक तङनाम मनाएको हो । निर्माणाधीन सावा येत्हाङ पाङ्भे परियोजना स्थलमा चासोक थिसोक्/तक्सोक थिसोक्/चासोक तङ्नामको अवसरमा साँस्कृतिक कार्यक्रम भएको थियो । धरान उपमहानगर पालिकाका उपमेयर अईन्द्र विक्रम बेघाको प्रमुख आतिथ्यमा भएको कार्यक्रम महासभाका अध्यक्ष देवेन्द्र वनेमको अध्यक्षतामा भएको थियो । पुनःलिम्बुवान प्रदेश, देशवासी र संसारभर छरिएका सम्पूर्ण सावायेहाङसा र सबै जनमा चासोक थिसोक् तङ्नामको शुभकामना आदान प्रदान भएको याक्थु्ङ सा निश्चल चेमजङले बताउनु भएको छ ।

तस्विर:याक्थु्ङ सा निश्चल चेमजङ,

सेवालुङ खबर पढ्नुभएकोमा धन्यवाद यसलाई जीवित राख्नकोलागि तपाइँको आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।

यहाँहरुबाट प्रप्त रकमलाई सम्बन्धित क्षेत्रमा लगानी गर्ने प्रतिबद्धता जाहेर गर्दछौं

fonepay

मा Scan गर्नुहोला

qr-logo

कमेंट गर्नुहोस

यो पनि पढ्नुहोस्