सन्दकपुर (माबु ) । समाज सुधारक तथा राष्ट्रिय विभुति महागुरु फाल्गुनन्दको १ सय ४० औँ जयन्तीमा सन्दकपुर ४ माबुको हाङ्मादेनमा मनाइएको छ । किराँत धर्मका धर्मगुरु आत्मनन्द लिङ्देन र गुरुमा पवित्रहाङ्मा लिङ्देनको उपस्थितिमा हाङ्मादेनमा राष्ट्रिय विभुति महागुरु फाल्गुनन्दको शालिक अनावरण र मन्दिर उद्घाटन गरिएको छ । राष्ट्रिय विभुति महागुरु फाल्गुनन्दको १ सय ४० औँ जन्मजयन्ती मनाउन नेपाल र भारतका विभिन्न क्षेत्रबाट किराँत धर्मका धर्मअनुयायीको सन्दकपुर ४ को माबुमा बाक्लो उपस्थिति रहेको थियो । माबुको हाङ्मादिनमा किरात फाआप मिङ्सो माङ्हिम निर्माण गरि उद्घाटन गरिएको हो । राष्ट्रिय विभुती फाल्गुनन्दको नवनिर्मित पूर्णकदको सालिक अनावरण गरिएको हो । एक करोड लगानीमा सम्पन्न माङहिम २०७३ माघ ३० मा शिलान्यास गरिएको थियो । फाल्गुनन्द जयन्ती अवसरमा कात्तिक २२ मा गालीश्राप बहन्ती, २३ मा येत लाधुङ नाम्धुङ सेवा, २४ मा विश्व शान्ति तथा मानव एकता र चराचर जगत्को शान्ति कामना गर्दै येत नाम्धुङ लाधुङसेमी सेवा सम्पन्न गरिएको थियो ।२५ गते माङ्हिम उद्घाटन, सालिक अनावरण, सम्मानपत्र वितरण, कृति विमोचन तथा विभिन्न जातीय धार्मिक, संस्कृतिक झाँकी प्रदशर्न गरिएको थियो । नेपाली कांग्रेसका नेता शेखर कोइरालाले माङसेबुङमा क्षेत्र विकास कोष निर्माण गर्ने इच्छा रहेको बताए । कार्यक्रममा बोल्दै नेपाली काग्रेसका नेता शेखर कोइरालाले किराँत धर्मका धर्मगुरु निवास रहेको इलामको माङ्सेबुङ्ग क्षेत्रलाई क्षेत्र विकास कोष निर्माण गर्नुपर्ने बताए ।माङसे बुङलाई पशुपति विकास कोष र लुम्बिनी क्षेत्र विकास कोष जस्तै क्षेत्र विकास कोष निर्माण गर्नुपर्छ कोइरालाले भने– हाम्रो पार्टीले क्षेत्र विकास कोष निर्माणका लागि पहल गर्नेछ । cpy-localsandesh.com
सन्दकपुरमा महागुरु फाल्गुनन्दको सालिक अनावरण








