समय : ०१:२६ pm | आइतबार , भाद्र २८ गते २०८३

इलाम मावु हाङमादेनमा फाल्गुनन्द जयन्ती मनाइने, धर्मगुरु आउँनुहुदै

सेवालुङ खवर | कार्तिक २२ गते २०८१

इलाम– इलामको सन्दकपुर गाउँपालिका–४, माबुको हाङ्मादिनमा किरात फाआप मिङ्सो माङ्हिम निर्माण गरिएको छ । राष्ट्रिय विभूति समाजसुधारक फाल्गुनन्दको एक सय ४०औं जन्मजयन्ती अवसर पारेर यही कात्तिक २५ मा माङ्हिम उद्घाटन गर्न लागिएको छ । किरात धर्मगुरु आत्मानन्द लिङ्देनले माङ्हिम उद्घाटन गर्ने भएका छन् । त्यस दिन फाल्गुनन्दको नवनिर्मित पूर्णकदको सालिकसमेत अनावरण गरिँदैछ । करिब एक करोड लगानीमा सम्पन्न माङहिम २०७३ माघ ३० मा शिलान्यास गरिएको थियो । फाल्गुनन्द जयन्ती अवसरमा कात्तिक २२ मा गालीश्राप बहन्ती ( साकमुरा वदेम्मा सेवा), २३ मा येत लाधुङ नाम्धुङ सेवा, २४ मा विश्व शान्ति तथा मानव एकता र चराचर जगत्को शान्ति कामना गर्दै येत नाम्धुङ लाधुङसेमी सेवा सम्पन्न गरिने आयोजकले जानकारी दिएको छ ।२५ गते माङ्हिम उद्घाटन, सालिक अनावरण, सम्मानपत्र वितरण, कृति विमोचन तथा विभिन्न जातीय धार्मिक, संस्कृतिक झाँकी प्रदशर्नन गर्ने आयोजकको तयारी छ । त्यसै साँझ एक हजार एक सय आठ दीप प्रज्वलन, माङलाङ केलाङलगायत विभिन्न कलाकारको सांगीतिक प्रस्तुतिसमेत राखिएको आयोजकले जनाएको छ ।जन्मजयन्ती मनाउन धनप्रसाद लिम्बूको संयोजकत्वमा एक सय आठ सदस्यीय आयोजक समिति र प्रशान्त साउदेन लिम्बूको संयोजकत्वमा दुई सय आठ सदस्यीय (देश–विदेशमा गरी) आर्थिक समिति निर्माण गरिएको छ । साभार : माङसेबुङ् न्यूज,

सेवालुङ खबर पढ्नुभएकोमा धन्यवाद यसलाई जीवित राख्नकोलागि तपाइँको आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।

यहाँहरुबाट प्रप्त रकमलाई सम्बन्धित क्षेत्रमा लगानी गर्ने प्रतिबद्धता जाहेर गर्दछौं

fonepay

मा Scan गर्नुहोला

qr-logo

कमेंट गर्नुहोस

यो पनि पढ्नुहोस्