समय : ०३:४९ pm | सोमबार , भाद्र २९ गते २०८३

ताप्लेजुङमा राहत र उद्धारका लागि गृहमन्त्रीको ध्यानाकर्षण

सेवालुङ खवर | असार ४ गते २०८१

काठमाडौँ,उपप्रधानमन्त्री एवं गृहमन्त्री रवि लामिछाने समक्ष ताप्लेजुङबाट प्रतिनिधित्व गर्ने सांसदहरुले सो जिल्लाका विभिन्न स्थानमा हालै आएको बाढी पहिरोबाट भएको जनधनको क्षतिबारे ध्यानाकर्षण गराउनु भएको छ । बाढी पहिरोमा परी हालसम्म पाँच जनाको मृत्यु तथा ठूलो भौतिक क्षति भइसकेको छ । प्रति निधिसभाका सदस्यहरु योगेश भट्टराई, उर्मिला थेबे, लीलादेवी बोखिम लिम्बू ले आज उपप्रधान मन्त्री समक्ष भेट गरी ताप्लेजुङ जिल्लामा रहेको केहि गाउँका दर्जनौँ घरमा भएको क्षतिले हालै केहि मानिस विस्थापित भएको तथा पक्की, झोलुङ्गे र काठे पुल तथा सडकमा भएको क्षतिले केहि ठाउँहरुमा यातायातका साधन सञ्चालन हुन नसक्ने गरी विभिन्न स्थानमा आवत जावत तथा यातायात समेत अवरुद्ध भएको अवगत गराउनु भएको हो । भेटमा गृहमन्त्री लामिछानेले ताप्लेजुङमा परेको विपत्तिबारेमा आफू जानकार रहेको र राहत, उद्धार र पुनःनिर्माणलाई उच्च प्राथमिकतामा राखी स्थानीय तह, प्रदेश सरकार, सङ्घका सरकारी कार्यालय सँगको समन्वय र सहकार्यमा सबै कार्य अघि बढाउने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

सेवालुङ खबर पढ्नुभएकोमा धन्यवाद यसलाई जीवित राख्नकोलागि तपाइँको आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।

यहाँहरुबाट प्रप्त रकमलाई सम्बन्धित क्षेत्रमा लगानी गर्ने प्रतिबद्धता जाहेर गर्दछौं

fonepay

मा Scan गर्नुहोला

qr-logo

कमेंट गर्नुहोस

यो पनि पढ्नुहोस्