समय : ०७:०५ pm | बिहिबार , कार्तिक १३ गते २०८३

इवाखोला जलविद्युत् पाँच महिनादेखि ठप्प

सेवालुङ खवर | कार्तिक १३ गते २०८३

ताप्लेजुङ समाचारदाता ताप्लेजुङ, कात्तिक १२ गते । खोलामा आएको बाढीले क्षतिग्रस्त बनाएको इवाखोला जलविद्युत् आयोजनाको उत्पादन पाँच महिनादेखि ठप्प रहेको छ । ताप्लेजुङ र पाँचथरको सिमाना स्थित इन्द्रावतीखोलाबाट उत्पादन गरिएको ९.९ मेगावाट क्षमताको आयोजना पाँच महिनादेखि ठप्प रहेको हो । रिडी हाइड्रोपावर लिमिटेडद्वारा उत्पादित उक्त जलविद्युत् आयोजना गत जेठदेखि ठप्प रहेको छ । जेठ ८ गते राति इन्द्रावतीखोलामा आएको बाढीले क्षतिग्रस्त बनाएको आयोजनाको उत्पादन ठप्प बनेको छ । भीषण वर्षासँगै खोलामा आएको बाढीले आयोजनाका अधिकांश संरचनामा क्षति गरेका कारण उत्पादन ठप्प भएको हो । प्रवर्धक रिडी हाइड्रोपावरका अनुसार आयोजनाको बाँधस्थल (हेड), बालुवा थिग्य्राउने पोखरी, पाइपलाइन र विद्युत्गृहमा बाढीले क्षति गरेको छ । खोलामा आएको बाढीले क्षति पु¥याएको आयोजनाको संरचना हालसम्म पुनर्निर्माण नगरिएका कारण अहिले उत्पादन ठप्प रहेको छ । बाढीले क्षति गरेको पाँच महिना बित्दासमेत आयोजनाको पुनर्निर्माण सुरु गरिएको छैन । आयोजनाका सामाजिक परिचालक एवं हेडवक्र्स इन्चार्ज टीकाराम मिश्रका अनुसार बर्खायामका कारण बाढीले क्षति गरेलगत्तै आयोजना पुनर्निर्माण सुरु गर्न सम्भव नभएको हो । बर्खायामको अन्त्यपछि दसैँतिहार जस्ता चाडपर्वको समय परेकाले आयोजना पुनर्निर्माण सुरु गर्न ढिलो भएको मिश्रले बताउनुभयो । अब मौसममा पनि सुधार आएको र चाडपर्व सकिएलगत्तै पुनर्निर्माण सुरु हुन सक्ने सामाजिक परिचालक मिश्रले बताउनुभयो ।उहाँका अनुसार बाढीपहिरोले आयोजनाका अधिकांश संरचनामा ठुलो क्षति पु¥याएकाले पुनर्निर्माणमा मोटो रकम खर्च लाग्न सक्ने अनुमान प्रवर्धक कम्पनी रिडी हाइड्रोपावर लिमिटेडको रहेको छ । बाढीपहिरोले धेरै क्षति पु¥याएको र हालसम्म पुनर्निर्माण नगरिएकाले आयोजना तथा लगानी गर्ने पक्षले ठुलो नोक्सानी बेहोर्नु परेको छ ।

सेवालुङ खबर पढ्नुभएकोमा धन्यवाद यसलाई जीवित राख्नकोलागि तपाइँको आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।

यहाँहरुबाट प्रप्त रकमलाई सम्बन्धित क्षेत्रमा लगानी गर्ने प्रतिबद्धता जाहेर गर्दछौं

fonepay

मा Scan गर्नुहोला

qr-logo

कमेंट गर्नुहोस

यो पनि पढ्नुहोस्