समय : ०२:२९ pm | बिहिबार , कार्तिक १३ गते २०८३

सप्तकोशीमा पानीबोट दुर्घटना : १२ जनाको उद्धार

सेवालुङ खवर | कार्तिक १० गते २०८३

कार्तिक ८ गते । धनकुटाको साँगुरीगढी गाउँपालिका–१० त्रिवेणीस्थित सप्तकोशी नदीमा पानीबोट दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ भने तीन जना बेपत्ता भएका छन्। दुर्घटनामा एक जना घाइते भएका छन्। जिल्ला प्रहरी कार्यालय धनकुटाका अनुसार आइतबार दिउँसो करिब २ बजे भोजपुरको हतुवागढी गाउँपालिका–९ कोप्चेबाट चालकसहित १५ जना लिएर सुनसरीको बराहक्षेत्रस्थित चतरातर्फ जाँदै गरेको ओबीएम कम्पनीको पानीबोट ब्रेक फेल भएर दुर्घटनामा परेको हो।दुर्घटनापछि प्रहरी टोलीले चालकसहित १२ जनाको उद्धार गरी चतरा अस्पताल पठाएको थियो। उपचारका क्रममा सुनसरीको बराहक्षेत्र नगरपालिका–१ की ५२ वर्षीया लीला राईको मृत्यु भएको प्रहरीले जनाएको छ। मृत्यु हुने करिब ७ वर्षीय बालिका र करिब ५० वर्षका एक पुरुषको पहिचान हुन सकेको छैन ।दुर्घटनामा भोजपुरको हतुवागढी गाउँपालिका–४ का ३१ वर्षीय मोहन सुनार घाइते भएका छन्। उनको चतरा अस्पतालमा उपचार भइरहेको र अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ।उद्धार गरिएका तथा सकुशल रहेका यात्रुमध्ये केही पौडी खेलेर नदीबाट निस्किएका थिए भने केहीलाई उद्धार गरी घर पठाइएको प्रहरीले जनाएको छ।दुर्घटनामा बेपत्ता हुनेमा झापाको कन्काई नगरपालिका–४ की निता मगरका सात वर्षीय छोरा शिवक मगर, सुनसरीको बराहक्षेत्र नगरपालिका–१ की २१ वर्षीया प्रमिला मगर र सोही ठाउँकी २२ वर्षीया मनु राई रहेका प्रहरी कार्यालय धनकुटाका प्रहरी उपरीक्षक नारायण रञ्जितकारले जानकारी दिनुभयो । दुर्घटनामा परेका अन्य व्यक्तिको अवस्था तथा घटनाबारे थप जानकारी सङ्कलन भइरहेको प्रहरीले जनाएको छ। बेपत्ताको खोजी तथा उद्धारका लागि जिल्ला प्रहरी कार्यालय धनकुटाका प्रहरी उपरीक्षक नारायण रञ्जितकारको कमान्डमा १४ जना र सशस्त्र प्रहरी बल नेपाल नम्बर ६ गुल्म हेडक्वाटर धनकुटाका सशस्त्र प्रहरी नायब उपरीक्षक राजेश फुयालको कमान्डमा १६ जनाको टोली परिचालन गरिएको छ।पानीबोट चालक सुनसरीको बराहक्षेत्र नगरपालिका–१ का २४ वर्षीय सुमन मगरलाई प्रहरीले नियन्त्रणमा लिएको छ।–गोरखापत्र अनलाईन,

सेवालुङ खबर पढ्नुभएकोमा धन्यवाद यसलाई जीवित राख्नकोलागि तपाइँको आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।

यहाँहरुबाट प्रप्त रकमलाई सम्बन्धित क्षेत्रमा लगानी गर्ने प्रतिबद्धता जाहेर गर्दछौं

fonepay

मा Scan गर्नुहोला

qr-logo

कमेंट गर्नुहोस

यो पनि पढ्नुहोस्