समय : ०४:११ pm | सोमबार , भाद्र २९ गते २०८३

सर्वोच्चले माग्यो ‘नो केवलकार समूह’का १८ जनालाई थुन्नुको कारण,

सेवालुङ खवर | चैत्र १ गते २०८१

काठमाडौं /१ चैत, सर्वोच्च अदालतले ‘नो केवलकार समूह’को आन्दोलनको क्रममा पक्राउ परेका १८ जनालाई थुनामा राख्नुको कारण माग गरेको छ ।न्यायाधीश डा. कुमार चुडालको शुक्रबारको एकल इजलासले विपक्षीका नाउँमा कारण देखाउ आदेश जारी गरेको हो ।सर्वोच्च अदालतले ताप्लेजुङ प्रहरी हिरासतमा रहेका १८ जनालाई थुनामा राख्नु पर्ने कारणसहित तीन दिनभित्र लिखित जवाफ पेश गर्न जिल्ला प्रशासन कार्याल्य ताप्लेजुङसमेतका नाममा आदेश जारी गरेको छ ।सो रिट निवेदनमा सुनुवाइ गर्दै सर्वोच्च अदालतका न्यायाधीश डा. कुमार चुडालको एकल इजलासले विपक्षीका नाउँमा कारण देखाउ आदेश जारी गर्दै ताप्लेजुङ प्रहरी हिरासतमा रहेका १८ जनालाई थुनामा राख्नु पर्ने कारण सहित ३ दिन भित्र लिखित जवाफ पेश गर्नु भनी जिल्ला प्रशासन कार्यालय ताप्लेजुङ समेतका नाउँमा आदेश दिएका छन् ।मुक्कुमलुङ दीर्घकालीन द्वन्द्वको कारण बन्ने जोखिम नो केवलकार समूह’को आन्दोलनको क्रममा पक्राउ परेकाहरूलाई गैह्रकानुनी थुनामा राखिएको भन्दै अभिवक्त राजीव बास्तोलाले २८ फागुनमा सर्वोच्च अदालतमा बन्दी प्रत्यक्षीकरणको रिट निवेदन दर्ता गरेका थिए ।उनले जिल्ला प्रशासन कार्यालय ताप्लेजुङ, जिल्ला प्रहरी कार्यालय ताप्लेजुङलगायतलाई विपक्षी बनाएका छन् । सर्वोच्चमा शुक्रबार निवेदकको तर्फबाट अधिवक्ता लबन न्यौपाने, विनोदमणि भट्टराई, राजीव बाँस्तोलालगायतले बहस गरेका थिए ।पाथीभरा केवलकार ः ९० हजार रोपनीको जग्गा किन ९० लाखमा किनियो ?पूर्वी पहाडी जिल्ला ताप्लेजुङमा रहेको पाथिभरा (मुकुम्लुङ्ग) मन्दिरमा केवलकार बनाउने परियोजना अघि बढेपछि ‘नो केवलकार समूह’ आन्दोलित हुँदै आएको छ ।पाथीभरामा केवलकार परियोजना अघि बढेपछि आफ्नो सांस्कृतिक मूल्य–मान्यतामाथि धावा बोलेको भन्दै स्थानीय लिम्बू समुदाय आन्दोलित भएको छ । आन्दोलनको क्रममा १० फागुनमा ताप्लेजुङ सदरमुका फुङलिङ बजार तनावग्रस्त बनेको थियो ।स्थितिलाई नियन्त्रणमा लिन प्रहरीले कयौं सेल अश्रुग्यास प्रहार गरेको थियो भने १८ जनालाई नियन्त्रणमा लिएको थियो । त्यसयता उनीहरू प्रहरी हिरासतमै छन् ।

सेवालुङ खबर पढ्नुभएकोमा धन्यवाद यसलाई जीवित राख्नकोलागि तपाइँको आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।

यहाँहरुबाट प्रप्त रकमलाई सम्बन्धित क्षेत्रमा लगानी गर्ने प्रतिबद्धता जाहेर गर्दछौं

fonepay

मा Scan गर्नुहोला

qr-logo

कमेंट गर्नुहोस

यो पनि पढ्नुहोस्