समय : ०२:५८ pm | आइतबार , भाद्र २८ गते २०८३

अनिश्चितकालीन यातायात बन्दले जनजीवन प्रभावित बन्दै

सेवालुङ खवर | जेठ ५ गते २०८१

ताप्लेजुङ, जेठ ४ गते पाथीभरा केबलकार परियोजनाविरुद्ध सङ्घर्षरत समूहले आह्वान गरेको अनिश्चितकालीन यातायात बन्दले जनजीवन प्रभावित बन्दै गएको छ । बुधवार र बिहीबार यातायात बन्द आह्वान गरेको सो समूहले बन्दलाई निरन्तरता दिँदै शुक्रवारदेखि अनिश्चितकालीन बन्द घोषणा गरेपछि जनजीवन प्रभावित बनेको हो । सङ्घर्षरत समूह मुक्कुमलुङ संयुक्त सङ्घर्ष समिति, पाथीभरा केबलकार खारेजी संयुक्त सङ्घर्ष समितिलगायतले बिहीबार साँझ पुनः विज्ञप्ति जारी गर्दै मेची राजमार्ग, तमोर कोरिडोर र ताप्लेजुङमा अनिश्चितकालीन यातायात बन्द आह्वान गरेको छ । यातायात बन्दका कारण यात्रु मारमा परेका छन् । मेची राजमार्ग र तमोर कोरिडोर हुँदै सञ्चालन हुने लामो दूरीका सवारी साधन ठप्प हुँदा ताप्लेजुङबाट बाहिरिने र भित्रने यात्रुले यात्रा गर्न पाएका छैनन् । यस्तै ताप्लेजुङभित्र सञ्चालन हुने यातायात सेवा पनि ठप्प हुँदा स्थानीय यात्रु मारमा परेका छन् । यातायात बन्दले बिहीबारदेखि सुरु भएको पाँच दिने ताप्लेजुङ पर्यटन महोत्सवलाई पनि असर पुगेको छ ।पाथीभरा ९मुक्कुमलुङ० मा केबलकार निर्माण हुने भएपछि सङ्घर्ष समितिहरू सुरुदेखि नै विरोधमा उत्रिएको हो । सङ्घर्षरत समूहले आफ्नो माग विपरीत केबलकार परियोजनाको क्रियाकलाप सुरु गरेकोभन्दै यातायात बन्द आह्वान गर्दै थप आन्दोलित बनेको हो । पवित्र आस्थाको केन्द्र तथा ऐतिहासिक पवित्र धार्मिक स्थल पाथीभरामा केबलकार निर्माण गर्ने नाउमा बहुमूल्य जडीबुटी, राष्ट्रिय फूल लालीगुराँससहितका लोपोन्मुख वनस्पतिहरू कटान गर्न थालिएकोभन्दै आफूहरू सशक्त आन्दोलनमा उत्रनुपरेको सङ्घर्षरत पक्षले उल्लेख गरेका छन् । केबलकार परियोजना पक्षले सोमबार निर्माण स्थल पाथीभरा क्षेत्रमा रुख कटान गरेको छ । नेपाल उद्योग वाणिज्य महासङ्घका अध्यक्षसमेत रहनुभएको चन्द्र ढकाल नेतृत्वमा रहेको पाथीभरा ९मुक्कुमलुङ० दर्शन केबलकार प्रालिले परियोजना सञ्चालन गर्न लागेको हो । साभार गोरखा पत्र अनलाईन

सेवालुङ खबर पढ्नुभएकोमा धन्यवाद यसलाई जीवित राख्नकोलागि तपाइँको आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।

यहाँहरुबाट प्रप्त रकमलाई सम्बन्धित क्षेत्रमा लगानी गर्ने प्रतिबद्धता जाहेर गर्दछौं

fonepay

मा Scan गर्नुहोला

qr-logo

कमेंट गर्नुहोस

यो पनि पढ्नुहोस्