२० असोज, काठमाडौं । प्रकाश मानसिंह राउत प्रधान न्यायाधीश नियुक्ति भएका छन् ।संवैधानिक परिषद्को सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले आज राउतलाई प्रधानन्यायाधीश नियुक्त गरेका हुन् ।राउतले आज दिउँसो १ बजे शीतल निवासमा पद तथा गोपनीयताको शपथ खानेछन् ।अघिल्ला प्रधानन्यायाधीश विश्वम्भर प्रसाद श्रेष्ठ १८ असोजमा अवकास भएपछि राउत प्रधानन्यायाधीश बनेका हुन् ।संवैधानिक परिषदको बैठकले ३१ भदौमा राउतलाई प्रधानन्यायाधीश नियुक्त गर्न सिफारिस गरेको थियो ।संसदीय सुनुवाइ समितिले १६ असोजमा राउतको नामअनुमोदन गरेको थियो ।उनी साढे एक वर्ष प्रधानन्यायाधीश रहनेछन् । साभार:-अनलाईन खबर बाट
प्रकाशमानसिंह राउत प्रधानन्यायाधीश नियुक्त








