ताप्लेजुङको फक्ताङलुङ गाउँपालिकामा गए रात पहिरोमा परी चार जनाको मृत्यु भएको छ । फक्ताङलुङ गाउँपालिका दुई खेजिनिममा तिङ्दुमा गाउँमा गए रात पहिरोमा परी मृत्यु हुनेलाई सुरक्षित स्थान तर्फ निकालिएको छ । नेपाल प्रहरी र स्थानीयले पहिरोले पुरिएर मृत्यु भएकालाई सुरक्षित स्थानमा निकालिएको प्रहरीले जनाएको छ ।जिल्ला प्रहरी कार्यालय ताप्लेजुङका भनाई अनुसार मुत्यु हुनेमा ७० वर्षका राम बहादुर साम्रा ५१ वर्षकी जसमाया लिबाङ साम्रा, १० वर्षीय जुम्लिया गंगा र जमुना पहिरोले पुरिएर मृत्यु भएको जनाएको छ । घाइते हुनेमा वर्ष ४० का युगेन लिम्बू र उहाँका ३ वर्षीय छोरी रहेका छन् । उक्त पहिरोका करण घाइते हुनेलाई भने सिंवा स्वास्थ्य चौकीबाट थप उपचारका लागि जिल्ला अस्तालमा रेफर गरि लगिएको छ । फक्ताङलुङ गाउँपालिकास्थानीय जनप्रतिनिधी उपाध्यक्ष विकास साम्राका बुवाआमा र दुई जुम्लया बहिनीको पहिरोले परिएर मृत्यु भएको छ । घरमा सुतिहेको अवस्थामा गएराती करीब १ः३० बजेको समयमा घर माथीबाट आएको पहिरोले घरसंगै एकै परिवारको चार सदस्यको मृत्युभएको प्रहरीले जनाएको छ । पहिरोमा परेर मृत्य हुनेहरुलाई पहिरो बाट सुरक्षित स्थानमा निकालिएको फक्ताङलुङ गाउँपालिका वडा नं २ अध्यक्षले बताएका छन् । थप उद्दारका लागी मित्लुङ हाईड्रोपावरमा सुरक्षाको लागी खटिएका नेपाली सेनाको शुरक्षा बेस टोली र जिल्ला प्रहरी कार्यालय ताप्लेजुङबाट प्रहरी निरिक्षक तथा सूचना अधिकारी कमल कुमार लुङगेली टोली खटिएको जिल्ला प्रहरीले कार्यालय ताप्लेजुङले जनाएको छ । .ढुङगा माटोले बनेको टिनको छानो भएको २ तलेघर माथीबाट झरेको पहिरोले घर पुरि घरमा सुतेको अवस्थामा पहिरोले पुरेर मृत्यु हुन पुगेको प्रहरीले जनाएको छ । मृत मानिस र चौपाया निकाली शुरक्षित राखिएको घर भित्र रहेको सम्पुर्ण धनमाल पुर्णरुपमा क्षती भएको पहिरो बाट निकाल्ले कार्य भईरहेको पहिरोले तत्काल अन्य जोखिम नरहेको जिल्ला प्रहरी कार्यालय ताप्लेजुङले जनाएको छ । त्यस्तै एउटा खसि र २ वटा बोका समेत पहिरोले बगाएको प्रहरीले जनाएको छ ।गत बुधबार रात वर्षासंगै आएको बाढीले फक्ताङलुङ गाउँपालिका क्षेत्रमा ६ वटा स्थायी मोटर पुलहरु बगाएसंगै सडकपनी अवरुद्ध भएको छ ।
ताप्लेजुङको फक्ताङलुङ गाउँपालिका खेजिनिममा गएको पहिरोमा परी चार जनाको मृत्यु








