ताप्लेजुङ,/ ताप्लेजुङको सिरीजङ्गा गाउँपालिकाको तेल्लोक स्पोर्टिङ क्लबले ३ लाख रुपैयाँ बचत संकलन जम्मा गरेको छ ।अन्तराष्ट्रिय आमन्त्रण चौथो सिरीजङ्गा गोल्ड कप तथा सिरीजङ्गा मेला २०८१ को आयव्याय सार्बजनिक गरेको हो । आयब्यय सार्बजनिक गर्दै उक्त रकम बचत भएको सिरीजङ्गा गोल्डकप आर्थिक संयोजक स्रोतले जनाएको छ । संयोजक स्रोतका अनुसार कुल ३१ लाख १५ हजार ७ सय ६० रुपैयाँ आम्दानी भएको थियो । सिरीजङ्गा गोल्डकप प्रतियोगिता सम्पन गर्नका लागि २८ लाख २६ हजार ४५ रुपैयाँ रकम खर्च भएको बिबरण सार्बजनिक गरिएको छ । भट्टराइका अनुसार बिभिन्न दाताले प्रतिवद्धता गरेको १ लाख २५ हजार रुपैयाँ रकम प्राप्त हुन बाँकी रहेको र यो रकम प्राप्त भए पछी वचत रकम ४ लाख १४ हजार ७ सय ५१ रुपैयाँ पुग्ने क्लबले जनाएको छ । गत मंसिर महिनामा सिरीजङ्गा सिंह थेवेको ३२० औं जन्म जयन्ती खेल तथा कृषि प्रदर्शनी मेला सञ्चालन गरेको थियो । बिभिन्न सरकारी निकाय संघ संस्था तथा स्वदेश बिदेशमा रहनु हुने खेलप्रेमी महानुभाबहरु बाट रकम संकलन गरी खेल प्रतियोगिता सम्पन्न गरिएको हो । प्रतियोगिता क्रममा अन्तराष्ट्रिय सतरका भारत र ताप्लेजुङको एक – एक टीम सहित ८ टीमको सहभागीता रहेको रहेको थियो । प्रतियोगिताको उपाधि भने उदयपुरले हात पारेको थियो । विजेताले २ लाख ५० हजार ५ सय ५५ रुपैयाँ र उपविजेताले १ लाख २५ हजार ५ सय ५२ रुपैयाँ प्राप्त गरेका थिए । संरक्षक त्येअङसी सिरीजङ्गा स्मृति संस्थाको समन्वयमा क्लबले हरेक वर्ष गोल्ड कप सञ्चालन गर्दै आइरहेको तेल्लोक स्पोर्टिङ क्लबस्रोतले जनाएको छ ।
ताप्लेजुङको तेल्लोक स्पोर्टिङ क्लबले ३ लाख रुपैयाँ बचत संकलन,








