समय : ०२:५९ pm | आइतबार , भाद्र २८ गते २०८३

ताप्लेजुङमा मंसिर १५ गते देखि २२ गते सम्म दोस्रो कञ्चजंघा सेसेलुङ गोल्ड कप हुने

सेवालुङ खवर | मंसिर १ गते २०८१

ताप्लेजुङको फुङलिङमा चासोक तङ्नाम पर्व २०८१ को अवसरमा दोस्रो कञ्चजंघा सेसेलुङ गोल्ड कप हुने भएको छ । चासोक तङनाम २०८१ आयोजक समिति ताप्लेजुङले शुक्रबार गोल्डकप र तथा चासोक तङनाममा गरिने कार्यक्रमका बारे पत्रकार सम्मेलन गरि जानकारी गराएको हो । फुङलिङमा अवस्थित भानु जन माध्यमिक विद्यालयको खेल मैदानमा मंसिर १५ गते देखि २२ गते सम्म खेल सञ्चालन हुने भएको हो । चासोक तङनाम २०८१ आयोजक समिति ताप्लेजुङका संयोजक चन्द्र थेवेले गोल्ड कपमा ८ टिमको सहभागिता रहने बताउनु भयो । आयोजक सहित भारत वयस्ट बङगालको १ टिम,पाचथर,इलाम,झापा, मोरङ,सुनसरी र तेह्रथुम जिल्लाका प्रतिष्ठीत क्लबको सहभागिता रहने आयोजक जनाएकोछ । प्रतियोगिता सम्पन्न गर्न रु ५४ लाख खर्च हुने अनुमान गरेको आयोजक समितिका कोषध्यक्ष कुलदिप मादेनले बताउनु भयो । संयोजक थेबेका अनुसार यस बर्षको दोस्रो संस्करणबाट अन्तराष्टिय कञ्चजंघा सेसेलुङ गोल्ड कप नामाकरण गरिएकोछ । प्रतियोगिताको विजेतालाई नगद ३ लाख २ हजार ८१ र उपविजेतालाई १ लाख ५० हजार ८१ रुपैँया सहित ट्रफि, मेडल, प्रमाण पत्र प्राप्त प्रदान गरिने चासोक तङनाम सञ्चालक समितिले जनाएको छ । यस्तै लिम्बु समुदायको कला संस्कृतिमा आधारित मौलिक नृत्यहरू च्याब्रुङ नाच, धान नाच, छेलो, धनुकाँड, हाक्पारे, ख्याली,साकेला ,जातिय सास्कृतिक नाचगान सहित राष्ट्रिय तथा स्थानीय कलाकारहरुको साथमा वृहत साङ्गतिक, सांस्कृतिक कार्यक्रम समेत हुने बताईएकोछ । राष्टिय कलाकार शान्ति श्री परिवार,झुमा लिम्बु सहितको प्रस्तुती रहने चासोक तङनाम २०८१ आयोजक समिति ताप्लेजुङका सहसंयोजक दिनेश लिङखिमले बताउनु भयो । चासोक तङनाम प्राचिन काल देखि लिम्बु समुदायले मनाउदै आएको महान पर्वका रुपमा लिने गरेकोछ । लिम्बु समुदायले नयाँ अन्न पाकेको पहिलो मेन्नी माङलाई चडाएर खाने परम्परा रहेकोछ । चासोक तङनाम नेपालमा बसोकास गर्ने लिम्बु समुदाय रहेका सबै जसो ठाँउमा लिम्बुहरुले मनाउने गर्दछन् । कञ्चनजंघा फुङलिङ क्लब ताप्लेजुङ र श्री ङावरक सङजुम्बो फुङलेङ ताप्लेजुङको आयोजनामा सञ्चालन हुन लागेको प्रतियोगिता तथा सांस्कृतिक साङगितीक कार्यक्रम सामाजिक मुल्यमान्यता अनुरुप जिल्लाको पर्यटन प्रर्वद्धन गरि आर्थिक मन्दीको अवस्थामा रहेको जिल्लालाई चलायमान बनाउने ,संस्कार सस्कृतिलाई पुस्तान्तरण गर्ने उद्देश्यले प्रतियोगिता आयोजना गरिएको सहसंयोजक लिङखिमले बताउनुभयो । साभार:मदन गौतम

सेवालुङ खबर पढ्नुभएकोमा धन्यवाद यसलाई जीवित राख्नकोलागि तपाइँको आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।

यहाँहरुबाट प्रप्त रकमलाई सम्बन्धित क्षेत्रमा लगानी गर्ने प्रतिबद्धता जाहेर गर्दछौं

fonepay

मा Scan गर्नुहोला

qr-logo

कमेंट गर्नुहोस

यो पनि पढ्नुहोस्