समय : ०२:५९ pm | आइतबार , भाद्र २८ गते २०८३

ताप्लेजुङको सिरिजंघा गाउँपालिका खेवाङमा सातौँ गोल्डकप संस्करण हुने,

सेवालुङ खवर | असाेज ११ गते २०८१

ताप्लेजुङको सिरिजंघा गाउँपालिका खेवाङमा सातौँ गोल्डकप संस्करण हुने भएको छ । ताप्लेजुङमा पत्रकार सम्मेलन गर्दै यहि कात्तिक १० गतेदेखि १६ गते सम्म सञ्चालन हुने खेबाङ स्पोर्टिङ क्लबले जनाएको छ । गोल्डकपको सातौँ संस्करण सञ्चालन प्रतियोगितामा जिल्ला बाहिरका नेपाल पुलिस क्लब कोशी प्रदेश, रेड स्टार फुटबल क्बल झापा र कुम्मायक गाउँपालिका पाँचथरले सहभागिता जनाउने भएका छन् । स्थानीय ताप्लेजुङका तेल्लो स्पोर्टिङ क्लब तेल्लोक, लालीगुराँस स्पोर्टिङ क्लब सुरुम्खिम, नैना कम्पनी प्रा.लि. खेबाङ, पेदाङ स्पोर्टिङ क्लब पेदाङ र आयोजक खेबाङ स्पोर्टिङ क्लबले प्रतिष्पर्धा गर्ने भएको छ । प्रतियोगिताको बिजेता १ लाख ५१ हजार १ सय ११ रुपैयाँ र उपबिजेताले १ लाख १ हजार १ सय ११ रुपैयाँ सहित ट्रफी, मेडल र प्रमाण पत्र प्राप्त गर्नेछन् । गोल्डकपमा बिभिन्न बिधामा उत्कृष्ट हने खेलाडीलाई समेत उचित नगद पुरस्कारको ब्यबस्था गरिएको आयोजकले बताएका छन् । गोल्डकप सम्पन्न गर्नका लागि १५ लाख रुपैयाँ लागत लाग्ने आयोजकको अनुमान छ । सिरिजंघा गाउँपालिका ७ नं वडा कार्यालय खेबाङ, जलबिद्युत परियोजना लगायत, अन्य दाताहरु मार्फत आर्थिक संकलन गरि खेल सञ्चालन गर्ने आयोजकले बताएको छन् । उक्त सातौँ गोल्डकप संस्करण २०६१ सालबाट दशैं तिहारको अवसरमा खेलाउदै आएको र २०७५ सालदेखि भने गोल्डकपको रुपमा सञ्चालन हुन थालेको आयोजकले जनाएको छ ।

सेवालुङ खबर पढ्नुभएकोमा धन्यवाद यसलाई जीवित राख्नकोलागि तपाइँको आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।

यहाँहरुबाट प्रप्त रकमलाई सम्बन्धित क्षेत्रमा लगानी गर्ने प्रतिबद्धता जाहेर गर्दछौं

fonepay

मा Scan गर्नुहोला

qr-logo

कमेंट गर्नुहोस

यो पनि पढ्नुहोस्