समय : ०२:०१ pm | आइतबार , भाद्र २८ गते २०८३

प्रदेशस्तरीय फोटो प्रतियोगिता तथा फोटो प्रदर्शनीमा ‘तिङ्बुङ पोखरी’ सर्वोत्कृष्ट,

सेवालुङ खवर | जेठ ६ गते २०८२

कन्याम, जेठ ४ इलामको प्रमुख पर्यटकीय गन्तव्य कन्याममा आयोजित प्रदेशस्तरीय फोटो प्रतियोगिता तथा प्रदर्शनी सम्पन्न भएको छ । कोशी प्रदेशभित्रका पर्यटकीय गन्तव्यहरूको प्रवद्र्धन गर्ने उद्देश्यले आयोजना गरिएको कार्यक्रममा फोटोपत्रकार एपी तोलाङको तिङ्बुङ पोखरीको फोटो प्रथम भएको छ । प्रतियोगितामा बसन्त लिम्बू दोस्रो, डेविड ओझा तेस्रो, निशान्त राना चौथो तथा मनोज बस्नेत पाँचौं स्थानमा परेका छन् । उत्कृष्ट पाँच फोटोग्राफ र फोटो पत्रकारलाई क्रमशः नगद २५ हजार, २० हजार, १५ हजार, १० हजार र ५ हजार रुपैयाँसहित प्रमाणपत्र प्रदान गरिएको छ । पुरस्कार वितरण प्रमुख अतिथि वन तथा पर्यटन मन्त्री सदानन्द मण्डलले गरेका थिए । कोशी प्रदेश पर्यटन वर्ष २०८२ अन्तर्गत पर्यटन कार्यालय काँकरभिट्टाको आयोजनामा तथा नेपाल फोटोपत्रकार महासंघ कोशी प्रदेशको संयोजनमा कार्यक्रम सम्पन्न भएको हो । प्रतियोगितामा प्राप्त २०८ फोटोहरूमध्ये ६० उत्कृष्ट फोटोहरू छनौट गरी प्रदर्शनीमा राखिएको कार्यक्रम संयोजक तथा फोटोपत्रकार महासंघ कोशी प्रदेशका उपाध्यक्ष बिनाद पाण्डेले जानकारी दिए । कार्यक्रम व्यवस्थापनका लागि बिनोद पाण्डेको संयोजकत्वमा चार सदस्यीय समिति गठन गरिएको थियो । जसमा पर्यटन कार्यालयका अधिकृत निरोज कट्टेल सदस्य सचिव, पत्रकार सन्तोष पुर्कुटी र दीपक बोहोरा सदस्य थिए । त्यस्तै, निर्णायक समितिको संयोजक गिरिराज बास्कोटा ँ रहेका थिए भने सदस्यमा वरिष्ठ फोटोग्राफर विश्व ताम्राकार र चित्रकला प्रशिक्षक छेतेन शेर्पा रहेका थिए । कोशी प्रदेश पर्यटन वर्ष २०८२का सहसंयोजक कृष्ण शाहको अध्यक्षतामा सम्पन्न उद्घाटन कार्यक्रममा पर्यटन कार्यालय काँकरभिट्टाका प्रमुख छविलाल खतिवडाले स्वागत गरेका थिए । कार्यक्रममा सांसद शम्शेर राई, सूर्योदय नगरपालिका प्रमुख रणबहादुर राई, इलाम उद्योग वाणिज्य संघका उपाध्यक्ष दिव्या भट्टराई र होटल व्यवसायी संघ इलामका अध्यक्ष देवी गौतमलगायतले मन्तव्य राखेका थिए । कार्यक्रम सञ्चालन पत्रकार सन्तोष पुर्कुटीले गरेका थिए । प्रदर्शनी स्थलमा ४ सय भन्दा धेरै अवलोकन कर्ताको उपस्थिति रहेको आयोजकले जनाएको छ । साभार पूर्वाअञ्चल दैनिक,बाट

सेवालुङ खबर पढ्नुभएकोमा धन्यवाद यसलाई जीवित राख्नकोलागि तपाइँको आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।

यहाँहरुबाट प्रप्त रकमलाई सम्बन्धित क्षेत्रमा लगानी गर्ने प्रतिबद्धता जाहेर गर्दछौं

fonepay

मा Scan गर्नुहोला

qr-logo

कमेंट गर्नुहोस

यो पनि पढ्नुहोस्