ताप्लेजुङ २०८१ कार्तिक २५ गते ताप्लेजुङमा महागुरु फाल्गुन्द लिङदेनको जन्म जयन्ती आईतबार कार्तिक २५ गते किराती भक्तजन लगायत अन्य बाट हर्षोउल्सका साथ मनाएका छन् । सोह्रौँ राष्ट्रिय विभूति तथा महान समाज सुधारक फाल्गुनन्द लिङ्गदेनको १४० औँ जन्म जयन्तीको अवसरमा मनाएको किराँत धर्म तथा साहित्य उत्थान संघ जिल्लाकार्य समिती ताप्लेजुङले बताएको छ । जन्म जयन्तीको अवसरमा किराती भक्तजन लगायत अन्य सहभागी भइ फुङलिङ सदरमुकाम विरेन्द्र चोक वाट तोक्मे डाडाँ हुदैं काहुले माङ हिममा या¥िल प्रदशन पणिरत भएको थियो । औपचारीक कार्यक्रम सहित फाल्गुनन्द लिङ्गदेनको जिवनी चर्चा शुभकामना आदान प्रदान सास्कृतिक झाकी,माङलाङ केलाङ्,यालाङ् धान नाच भएको साहित्य उत्थान संघका सचिव सरोज कलिवाले बताएका छन् । साहित्य उत्थान संघ लगायत पुर्व मन्त्री, स्थानीय जन प्रतिनिधी, सुरक्षा कर्मी,सञ्चार कर्मी,लगायतले शुभकामना आदान प्रदान साथै मन्तब्य राखेका थिए ।
ताप्लेजुङमा महागुरु फाल्गुन्द लिङदेनको जन्म जयन्ती हर्षोउल्सका साथ मनाए,








