समय : ०२:२८ pm | बिहिबार , कार्तिक १३ गते २०८३

घटस्थापनाको दिन एक हजार भक्तजनले गरे पाथीभरा दर्शन

सेवालुङ खवर | असाेज २५ गते २०८३

ताप्लेजुङ, असोज २५ गते । दसैँको नवरात्र सुरु भएसँगै ताप्लेजुङस्थित प्रसिद्ध तीर्थस्थल पाथीभराको दर्शन गर्ने भक्तजनको भीड लाग्न थालेको छ । नवरात्र प्रारम्भ भएसँगै पाथीभरा दर्शन गर्ने मुख्य सिजन (मौसम) सुरु भएकाले भक्तजनको भीड लाग्ने थालेको हो ।नवरात्रको पहिलो दिन अर्थात घस्थापनाको दिन आइतबार करिब एक हजार भक्तजनले पाथीभराको दर्शन गरेका छन् । आइतबार कुल ९९६ जना भक्तजनले पाथीभराको दर्शन गरेका पाथीभरा क्षेत्र विकास समितिले जनाएको छ । समितिका कर्मचारी राजेन्द्र महतले घटस्थापनाको दिन बिहानैदेखि पाथीभरामा भक्तजनको भीड लागेको जानकारी दिनुभयो । भक्तजनको भीड बढेपछि उनीहरुले लाइनमा बसेर पाथीभराको दर्शन गरेका महतले जानकारी दिनुभयो । पाथीभराको सहज दर्शनका लागि भक्तजानलाई लाइनमा बस्ने प्रवन्ध मिलाइएको पनि उहाँले बताउनुभयो ।नेपालका विभिन्न जिल्लाबाट भक्तजनहरु पाथीभरा दर्शन गर्न आएका छन् भने नेपालबाहिर भारतको सिक्किम, दार्जिलिङ लगायतबाट पनि भक्तजन आएका छन् । यता पाथीभरा दर्शनका लागि भक्तजनको आउजाउ सुरु भएसँगै पाथीभरा क्षेत्रको काफ्लेपाटी, माथिल्लो फेदी लगायतका स्थानमा भीडभाड बढेको पनि समितिका कार्मचारी महतले जानकारी दिनुभयो ।यस्तै सदरमुकाम फुङ्लिङ बजारमासमेत भक्तजनका कारण चहलपहल बढ्न थालेको छ । त्यस्तै फुङ्लिङ बजारहुँदै काफ्लेपाटीसम्मको पाथीभरा सडकमा सवारी चाप बढ्न थालेको छ । दर्शन गर्ने मुख्य सिजन सुरु हुनुभन्दा अघि पनि पाथीभरामा भक्तजनको उपस्थिति निरन्तर रहेको छ । असोज महिनायता आइतबार सम्ममा छ हजार २३ जना भक्तजन पाथीभरा दर्शन गर्न आएको समितिको तथ्याङ्क रहेको छ । –चन्द्र पन्दाक,

सेवालुङ खबर पढ्नुभएकोमा धन्यवाद यसलाई जीवित राख्नकोलागि तपाइँको आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।

यहाँहरुबाट प्रप्त रकमलाई सम्बन्धित क्षेत्रमा लगानी गर्ने प्रतिबद्धता जाहेर गर्दछौं

fonepay

मा Scan गर्नुहोला

qr-logo

कमेंट गर्नुहोस

यो पनि पढ्नुहोस्