समय : ०२:२९ pm | बिहिबार , कार्तिक १३ गते २०८३

ख्रीष्टियन समाज ताप्लेजुङद्वारा दोभान बजारका आगलागी पीडितलाई ३ लाख बढी राहत प्रदान

सेवालुङ खवर | कार्तिक ४ गते २०८३

फुङ्लिङ – जिल्ला ख्रीष्टियन समाज ताप्लेजुङले दोभान बजारका आगलागी पीडितलाई राहत प्रदान गरेको छ । आज समाजले ३ लाख बढी रकम हस्तान्तरण गरेको समाजका अध्यक्ष सूर्य बहादुर खड्काले खड्काले जानकारी दिनुभयो । उहाँका अनुसार ३ लाख ७६ हजार ७ सय १० रुपैयाँ प्रदान गरेको हो ।जसअनुसार ‘क’ वर्गका २ परिवारलाई ३७ हजार ६ सय ७० रुपैयाँका दरले ‘ख’ वर्गका ९ परिवारलाई २७ हजार २ सय र ‘ग’ वर्गका ५ परिवारलाई ११ हजार ३ सय रुपैयाँका दरले सहयोग रकम हस्तान्तरण गरिएको हो । स्थानीय सरकार, जिल्ला प्रशासन कार्यालयले आगलागी पीडितलाई क्षतिको मूल्याङ्कन गरी ‘क’, ‘ख’ र ‘ग’ गरी ३ समुहमा बिभाजन गरेको छ । राहत संकलन ताप्लेजुङका सबै पालिका भित्रका चर्चहरू र कोशी प्रदेश इसाई समितिको सहयोगमा संकलन गरिएको जनाइएको छ । यस्तै नेपाल रेड क्रस सोसाटी दोभानका सदस्य गुरु प्रसाद पौडेल र जिल्ला ख्रीष्टियन समाजका अध्यक्ष खड्काको रोहबरमा उक्त सहयोग रकम उपलब्ध गराइएको हो । गत असोज ८ गते भएको आगलागीबाट १० घर पूर्ण रूपमा जलेर नष्ट भएका छन् भने १६ परिवार प्रभावित भएका छन् । आगलागीबाट करिब १४ करोड ५६ लाख रुपैयाँ बराबरको क्षति भएको प्रारम्भिक विवरण सार्वजनिक भएको छ । आगलागीपछि प्रभावित परिवारलाई स्थानीय तह, विभिन्न सङ्घसंस्था, राजनीतिक दल तथा सामाजिक अभियन्ताले राहत तथा सहयोग उपलब्ध गराउँदै आएका छन् ।–बिक्रम लाम्गादे,

सेवालुङ खबर पढ्नुभएकोमा धन्यवाद यसलाई जीवित राख्नकोलागि तपाइँको आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।

यहाँहरुबाट प्रप्त रकमलाई सम्बन्धित क्षेत्रमा लगानी गर्ने प्रतिबद्धता जाहेर गर्दछौं

fonepay

मा Scan गर्नुहोला

qr-logo

कमेंट गर्नुहोस

यो पनि पढ्नुहोस्