ताप्लेजुङ २०८३ अशोज २ गते शुक्रबार । धार्मिक जागरण अभियान कार्यक्रमसाथै केन्द्रिय समिती शाखा माङहिमहरुको अनुगमन गरिएको छ । किरात साम्यो मुजोत्लुङ माङहिम किरात चोत्लुङ मुहिगुम अङसिमाङगेना सेवा धार्मिक जागरण अभियान कार्यक्रमसाथै केन्द्रिय समिती शाखा माङहिमहरुको अनुगमन र धार्मिक भक्तजनहरुसँग किरात साम्यो हाङसाम मुजोत्लुङ माङहिम किरात चोत्लुङ मुहिगुम अङसिमाङगेना सेवा ताप्लेजुङको आयोजनामा भएको थियो । किरात हाङसाम व्यस्थापन ताप्लेजुङका केदार पताङवा को अध्यक्षतामा उक्त कार्यक्रम भएको थियो । प्रमुख अतिथीमा किरात चोत्लुङ मुहिगुम अङसिमाङगेना अध्यक्ष केहेर सिं यङयोहाङ साथै विशिष्ट अतिथीमा केन्द्रिय समितीका कोषाअध्यक्ष कुलबहादुर लाओती,सह कोषाअध्यक्ष सुकमायाँ पोमु, सदस्य विष्नुमायाँ फुरुम्बो,पूर्ण कार्की ढोली,ज्ञानु केदेम,हेमकुमार यङयोहाङका उपस्थिती रहेको थियो । त्यस्तै गरी किरात धर्म तथासाहित्य उत्थान संघ ताप्लेजुङका अध्यक्ष कर्ण पालुङवा,संयुक्त संघर्ष समिती केबलकार खारेजीका संयोजक खगेन्द्र फेम्बु, किरात याक्थुङ चुम्लुङ ताप्लेजुङ शाखाका अध्यक्ष डम्बर पालुङवा,मुकुम्लुङ यूमा माङहिमका अध्यक्ष सुरेश फुरुम्बो,उपस्थिती रहेको किरात याक्थुङ चुम्लुङ शाखाका सचिव सरोज कङलिवाले बतउनु भयो । कार्यक्रममा प्रमुख अतिथी, साथै विशिष्ट अतिथी केन्द्रिय समितीका सदस्य लगायतले धार्मिक जागरण अभियान वारे विभीन्न प्रशिक्षण दिनुका साथै माङहिमको अनुगमन गरिएको थियो । ताप्लेजुङ जिल्लाका गत साता अघिबाट धार्मिक जागरण अभियान कार्यक्रम फक्ताङलुङ,मेरिङदेन लगाय विभिन्न स्थानहरुका माङहिम अनुगमन गरिएको सरोज कङलिवाले जानकारी गराएका छन् ।
ताप्लेजुङमा धार्मिक जागरण अभियान कार्यक्रमसाथै माङहिमहरुको अनुगमन








