समय : ०२:४३ pm | सोमबार , भाद्र २९ गते २०८३

पाथीभरा क्षेत्र विकास समितिले तीर्थयात्री सहायता कक्ष स्थापना गरे,

सेवालुङ खवर | कार्तिक ९ गते २०८१

ताप्लेजुङ, पाथीभरा देवीको दर्शन गर्ने सिजनमा दर्शनार्थीको सहजताका लागि पाथीभरा क्षेत्र विकास समितिले तोक्मेडाडा , टेक्सीकाउन्टरलाईन , सुकेटार, काफ्लेपाटी, ठुलोफेदी र मन्दिर क्षेत्रमा गरि छ स्थानमा तीर्थयात्री सहायता कक्ष स्थापना गरेकोछ । पाथीभरा देवीको दर्शन गर्न आउने दर्शनार्थी महानुभावहरुले खाने र बस्नेबास ,यातायात तथा अन्य विषयमा जानकारी लिन परेमा वा कुनै समस्यामा परे सहायता कक्षमा सम्पर्क गर्न पाथीभरा क्षेत्र विकास समितिले अनुरोध गरेकोछ । साहयता कक्ष स्थापना पश्चात दर्शनार्थीलाई पाथीभरा यात्रामा सहजता प्रदान गर्ने ,गुनासो नआउने गरी तयारी भएको र जनशक्ति समेत परिचालन भएको कार्यकारी निर्देशक प्रजिन हाङबाङले बताउनुभयो ।

सेवालुङ खबर पढ्नुभएकोमा धन्यवाद यसलाई जीवित राख्नकोलागि तपाइँको आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।

यहाँहरुबाट प्रप्त रकमलाई सम्बन्धित क्षेत्रमा लगानी गर्ने प्रतिबद्धता जाहेर गर्दछौं

fonepay

मा Scan गर्नुहोला

qr-logo

कमेंट गर्नुहोस

यो पनि पढ्नुहोस्