समय : ०१:२६ pm | आइतबार , भाद्र २८ गते २०८३

पाथीभराको नाममा सहयोग संकलन गर्नेलाई रोक्न र कारबाहीको माग,

सेवालुङ खवर | असाेज १६ गते २०८१

ताप्लेजुङमा रहेको प्रशिद्ध तीर्थस्थल पाथीभरा देवीको तस्बिर राखेर मोरङमा आर्थिक सहयोग संकलन गरिरहेको भेटिएपछि पाथीभरा क्षेत्र विकास समितिले उक्त कार्य रोक्न र कारबाहीको माग गदै मोरङ जिल्ला प्रशासन कार्यालयलाई पत्राचार गरेको छ । सुन्दरहरैचा न.पा.५ मोरङमा रहेको शिवबाबा भक्त समाज नेपाल नामक संस्थाले ‘ताप्लेजुङ पाथीभरा माताको मन्दिर निर्माणार्थ’ भनेर आर्थिक सहयोग संकलन गरिरहेको खबर पाए पश्चात उक्त कार्य रोक्न पत्राचार गरेको समितिका अध्यक्ष रक्की थेबेले बताउनु भयो । ताप्लेजुङमा मन्दिर निर्माण गर्ने कार्य पनि नभएको जानकारीका गराउँदै यस्तो कार्यले धार्मिक भावनामा आघात पुर्याउने र जनमानसमा भ्रम फैलाउने तथा आर्थिक अनियमितताको खतरा उत्पन्न हुन सक्ने तर्फ सचेत गराउँदै समितिले पाथीभराको नाम लिएर भईरहेको अवैध सहयोग संकलन कार्यको तत्काल छानबिन गरी आवश्यक निगरानी तथा कारबाही गर्न पनि अनुरोध गरेको छ ।

सेवालुङ खबर पढ्नुभएकोमा धन्यवाद यसलाई जीवित राख्नकोलागि तपाइँको आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।

यहाँहरुबाट प्रप्त रकमलाई सम्बन्धित क्षेत्रमा लगानी गर्ने प्रतिबद्धता जाहेर गर्दछौं

fonepay

मा Scan गर्नुहोला

qr-logo

कमेंट गर्नुहोस

यो पनि पढ्नुहोस्