ताप्लेजुङको मुक्कुमलुङ केबलकार निमार्ण खारेजी संघर्स समितीले मुक्कुमलुङ पाथीभरा लाई मुन्धुमी स्थल आस्थाको धरोहरको रुपमा संरक्षण गर्नु पर्छ भन्दै प्रेस विज्ञप्ती मार्फत आज ताप्लेजुङको फुरङलिङ बजार होटल स्नोलियोपार्ट होटलमा पत्रकार सम्मेलन गरेको छ । संघर्स समितीले पाथीभरमा केबलका निषेध भन्दै विगत ६ वर्षबाट आन्दोलन गर्दै आएको र मुक्कुमलुङ बचाउ,मुक्कुमलुङ छोड,,भन्ने नारा बोकेर आएको बताएका छन् । आस्थाको मुन्धुमी स्थलहरुलाई विनास र विकासको हवला दिदैं कसैपनी भ्रममा नपर्न र जातिय सदभावहरुलाई विथाल्ने कार्य नगर्न मुन्धुमी स्थलहरुलाई राज्य र कम्पनीबाट अतीक्रमण नगर्न मुन्धुवहिरुलालई राज्य पक्षबाट धर पकड नगर्न समितीले बताएको छ । एक मुन्धुमी स्थलहरुमाथी भएको अन्याय मुक्कुमलुङ प्रतीको अवधारणा शान्ती सद्भाव कायम राख्नु पर्ने एक आपसविचमा द्धन्द नगर्न समुदाय विचमा सकरात्मक हुनु पर्छ भन्ने बताएका छन् । संघर्स समितीका सदस्यहरुले केबलकार निमार्ण खारेजी सम्बधीका विचर परामर्शहरुपनी प्रस्तुत गरेका थिए । उक्त पत्रकार सम्मेलनमा सथानीय सञ्चार कर्मी लयतगायत संघर्स समितीका सदस्य अन्यको उस्थिती पनी रहेको थियो ।



फोटो तस्विर :- बसन्त लिम्बू(लाबुङ)








