ताप्लेजुङ, ताप्लेजुङको सदरमुकाम फुङ्लिङ तोक्मे डाँडामा धान नाच स्तम्भ निर्माण गरिने भएको छ । जातिको संस्कृति झल्कने धान नाच स्तम्भ (ताक्वाचङ तक्मा याराक्मा तेन) निर्माण धान नाच स्तम्भ निर्माण गरिने भएको हो । स्तम्भको किराँत याक्थुङ चुम्लुङ नेपालका केन्द्रीय अध्यक्ष प्रेम येक्तेनले सोमबार शिलान्यास गर्नुभएको थियो । किराँत याक्थुङ चुम्लुङ इजरायल शाखाको आर्थिक सहयोगमा किराँत याक्थुङ चुम्लुङ ताप्लेजुङले उक्त स्तम्भ निर्माण कार्य गर्न लागेको किराँत याक्थुङ चुम्लुङ ताप्लेजुङ शाखाले जनाएको छ । पछिल्लो समय आधुनिकताको प्रभावसँगै मौलिक संस्कार संस्कृति लोप हुँदै गएको अवस्थामा धान नाच स्तम्भ निर्माण गर्न लागिएको हो । र दुई पुरुष र दुई जना महिलाले धान नाच प्रस्तुत गर्दै गरेको स्तम्भ निर्माण गरिने छ । धान नाच स्तम्भसँगै पृष्ठभूमिमा कञ्चनजंघा र कुम्भकर्ण हिमालको प्रतिमा देखिनेगरी डिजाइन (आकृति) तयार गरिने छ । यता धान नाच स्तम्भ निर्माणमा करिव ५० लाख रुपियाँ खर्च हुने अनुमान गरिएको छ । स्तम्भको उचाइ छ फुटको हुने छ । बाहिरबाट स्तम्भ निर्माण गरेर ल्याउँदा खर्चालु हुने छ । त्सकारणले जिल्लाभित्रै ३२ लाख रुपियाँको लागतमा स्तम्भ निर्माण गर्नेगरी हुने छ र कियाचु र कालीगढबिच समझदारी गरी निर्माण सुरु गरिएको याक्थुङ चुम्लुङ ताप्लेजुङ शाखाले जनाएको छ ।
ताप्लेजुङको सदरमुकाम फुङ्लिङको तोक्मे डाँडामा धान नाच स्तम्भ निर्माण गरिने








