सुनसरी/ स्व. इमानसिङ चेम्जोङ मरणाेपरान्त काङसोरे पुरस्कार नगद नगद रु १ लाख साथै ताम्रपत्र को साथमा सम्मान गरिएको छ। उक्त काङसोरे पुरस्कार सन २००९ सालमा स्व. प्रसाद थुप्पोको थेबेको अध्यक्षतामा गठित लिम्बुवान नागरिक समाज युकेले प्रत्येक कार्यकाल (त्रैवार्षिक) मा वितरण गर्ने 'काङ्साेरे पुरस्कार' कार्यक्रम कियाचु हिम सुनसरीमा आज सम्पन्न भएको हो । प्रदेश एकका पूर्व गभर्नर प्रा.डा. गाेविन्द बहादुर तुम्बाहाङ ज्यूकाे प्रमुख आतिथ्य तथा लिम्बुवान नागरिक समाज यु केका अध्यक्ष छत्र वनेमको सभापतित्वमा पुरस्कार वितरण सम्पन्न भएको थियो। वितरण कार्यक्रममा यस बर्ष भने लिम्बू ईतिहासकार स्व. इमान सिङ चेम्जोङलाई मरणाेपरान्त एक लाख सहित धन राशिले पुरस्कृत गरिएको थियो । उक्त "काङ्सोरे "पुरस्कार स्व. चेम्जोङको सहोदर छोरा मोहन सिं चेम्जोङलाई हस्तान्तरण गरिएको निश्चल चेम्जोङ याक्थुङ साले जानकारी दिनुभयो ।



फोटो तस्विर :- निश्चल चेम्जोङ याक्थुङ सा,





