ताप्लेजुङ्ग/ताप्लेजुङ्ग जिल्लाको सदरमुकाम जानुइन होटलमा जीई, एफको आयोजना र आदिवासी जनजाति महासंघको समन्वयमा दुई दिने लक्ष अविद्वी सचेतना कार्यक्रम दोस्रो सञ्चालन भएको छ । जीई, एफको आयोजना र आदिवासी जनजाति महासंघको समन्वयमा दुई दिने लक्ष अविद्वी सचेतना कार्यक्रम दोस्रो तालिम सञ्चालन भएको हो। दुई दिने लक्ष अविद्वी सचेतना कार्यक्रम तालिममा ताप्लेजुङ जिल्लाका विभिन्न गाउँपालिकाका ३५जनाले सहभागिता जनाएका छन। गत साता को कार्यक्रम होटल माउन्टेनमा भएको थियो । कार्यक्रम तालिम संचालन भने हरि थलङ लिम्बू र भिङमारे हेल्लोकले गर्नु भएको कार्यक्रम सञ्चालक,देवान सिंह मादेन बिरही कान्छा सुब्बाले बताउनुभयो। सो कार्यक्रमको उद्घाटनमा जिल्ला डिभिजन बन कार्यालयका प्रतिनिधि लगायत,फेकोफन, सामुदायिक उपभोक्ता समितिका प्रतिनिधिको सहभागिता रहेकाे थियोे । नेपालको पूर्वी पहाडी भेगमा

वन, भूमि र जैविक विविधताको दिगो व्यवस्थापनको लागिक्षमता अभिवृद्धिआयोज परिचय यो आयोजना विवरणीय सुविधा(GlobalEnvironment Facility- GEF) को आर्थिक सहयोग नेपाल सरकार तथा संयुक्त राष्ट्र संघ, खाद्य तथा कृषि सङ्गठन (FAO) बीच सन् २०२३अप्रिल २६ मा सम्झौता भई नेपाल सरकार, वन तथा वातावरण मन्त्रालय, पर्यटन, वन तथा वातावरण मन्त्रालय, कोशी प्रदेश र संयुक्त राष्ट्र संघ, खाद्य तथा कृषि सङ्गठनको संयुक्त प्रयासबाट नेपालको पूर्वी पहाडी भेगमा रहेका वन, भूमि तथा जैविक विविधताको दिगो व्यवस्थापनको लागि कार्यान्वयनमा रहेको छ आयोजनाको अवधि ४ वर्ष (अप्रिल, २०२३ देखि अप्रिल २०२७) रहेको छ भने कुल अनुदान ४.१८ मिलियन यूएस डलर अर्थात करिव रु ५५ करोड रहेको छ । यस आयोजनाको कार्यान्वयन क्षेत्र पाँचथर, तेह्रथुम, संखुवासभा, इलाम र ताप्लेजुङ्ग जिल्लाहरू रहेका छन् ।

आयोजना कार्यान्वयनका लागि प्रदेश मन्त्रालयमा एउटा आयोजना व्यवस्थापन इकाई र जिल्लास्तरमा डिभिजन वन कार्यालय अन्तर्गत पाँचवटा आयोजना सहयोग इकाईहरू रहेका छन् । यो आयोजना जैविक विविधताले भरिपूर्ण पूर्वी नेपालको तिनजुरे मिल्के जलजले, माई उपत्यका र तमोर उपत्यका क्षेत्रमा केन्द्रित छ । यस आयोजनाले कोशी प्रदेशको २६१०९.७ वर्ग कि.मि. क्षेत्रफल मध्ये ३५७५ वर्ग कि.मि. ओगटेको छ भने १३७ वटा स्थानीय तह मध्ये ३४ वटा स्थानीय तहहरूसमेटेको छ जसबाट हाराहारी १,५३,३४० घरधुरी लाभान्वित हुने अपेक्षा गरिएको छ ।

फोटो: तस्वीर बसन्त लिम्बू (लाबुङ)





