२०८१ अषार ३१ गते ताप्लेजुङको फुङलिङ नगरपालिकमा किराती भक्तजनहरुद्धारा किरात हाङसाम माङहिम काहुले ६ मा सिसेक्पा तङनामको अवसमा सेवानित्य पुजा लगाएको छ । उक्त सेवानित्य पुजा किरात हाङसाम माङहिम ब्यस्थापन समितीको आयोजनामा भएको थियो । सिसेक्पा तङनाम सेवानित्य सदाझैं बार्षिक रुपमा किराती भक्तजन हरुद्धारा किरात हाङसाम माङहिम काहुलेमा पुजागर्ने लागाउने गरेका छन् । सिसेक्पा तङनामको पावन अवसरमा विश्व शान्ति मानव एकता सकल प्राणी रक्षार्थका निमित्त (साक्पुरा वादेम्मा) कुदाप,सावायेत्कोमा सावायेत्वरक, नाम्थुङ लाधुङ सेमी सेवा साथै माङहिम व्यवस्थपन समितिको बार्षिक आय व्याय प्रस्तुत र शुभकामना आदान प्रदान भएको छ । कार्यक्रममा सम्पुर्ण भक्तजनहरु उपस्थित भई फुल, अक्षता, धुप, बात्ति, माङहुक्वा ल्याइतपाइ एकसय बाह सय जनाको संख्यामा उपस्थित रहेको किरात हाङसाम माङहिम समिती सचिव भक्त पालुङवाले जानकारी गराएका छन् । ताप्लेजुङ जिल्लामा रहेको किरात भक्तजन तथा धर्मवलम्बि हरुको फुङलिङ नगरपालिका वडानं. ६ बिहिबारे अवस्थित किरात हाड्साम माहिममा काहुले माहिम व्यवस्थापन समितिको आ.व. २०८०/०८१ को विवरण तपशिल बमोजिम माङहिम व्यवस्थपन समितिको बार्षिक आय व्याय रहेको सार्वजनिक प्रस्तुत गर्ने भनी काहुले माङ्हिम व्यवस्थापन समितिका अध्यक्ष केदार पतांवा लिम्बूले बताउनुभएको छ ।






फोटो तस्विर, बसन्त लिम्बू लाबुङ,








