समय : ११:४७ am | शनिबार , भाद्र २७ गते २०८३

ताप्लेजुङको हिमाली जिल्ला सदरमुकाम फुङ्लिङ् बजारमा ५८ वर्ष यताकै उच्च तापक्रम

सेवालुङ खवर | जेठ १९ गते २०८१

ताप्लेजुङको हिमाली जिल्ला सदरमुकाम फुङ्लिङ् बजारमा ५८ वर्ष यताकै सबैभन्दा बढी तापक्रम रेकर्ड गरिएको छ । जल तथा मौसम विज्ञान फिल्ड कार्यालय, ताप्लेजुङका भनाई अनुसार गत शनिबार जेठ १२ गते २९ दशमलब ८ र जेठ १६ गते बुधवार २८ दशमलब ८ डिग्री तापक्रम रेकर्ड गरिएको हो । यो ५८ वर्षअघिको ताप क्रमभन्दा बढी रेकर्ड भएको जल तथा मौसम विज्ञान फिल्ड कार्यालयले बताएको छ । अघिल्लोे सन् १९६६ को मे महिनामा २८ दशमलब ७ डिग्री तापक्रम रेकर्ड भएको थियो । ताप्लेजुङ सदरमुकाम फुङलिङबजार १७ सय मिटर उचाइमा छ ।

सेवालुङ खबर पढ्नुभएकोमा धन्यवाद यसलाई जीवित राख्नकोलागि तपाइँको आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।

यहाँहरुबाट प्रप्त रकमलाई सम्बन्धित क्षेत्रमा लगानी गर्ने प्रतिबद्धता जाहेर गर्दछौं

fonepay

मा Scan गर्नुहोला

qr-logo

कमेंट गर्नुहोस

यो पनि पढ्नुहोस्