समय : ०२:५९ pm | आइतबार , भाद्र २८ गते २०८३

ताप्लेजुङको भेटनरी अस्पतालले कुकुरलाई बन्ध्याकरण तथा रेबिज खोप सञ्चालन,

सेवालुङ खवर | फागुन १७ गते २०८१

ताप्लेजुङ,/ताप्लेजुङको भेटनरी अस्पतालले निःशुल्क रुपमा सामुदायिक कुकुरलाई फागुन १६ देखि १८गते सम्मको तीनदिने शिविर सञ्चालन बन्ध्याकरण तथा रेबिज बिरुद्धको खोप सञ्चालन गरेको छ । नेपाल एग्री लाइभस्टक ट्रेनिङ एण्ड रिसर्च सेन्टर इटहरीको प्राविधिक सहयोगमा अस्पतालले निःशुल्क रुपमा तीनदिने शिविर सञ्चालन बन्ध्याकरण तथा रेबिज बिरुद्धको खोप सञ्चालन गरेको हो । एक सय ८० देखि २ सय सम्म कुकुरको बन्ध्याकरण गर्ने योजना रहेको छ । एक सय सामुदायिक कुकुर भेला भइसकेको र उनीहरुलाई शनिवार सम्ममा बन्ध्याकरण तथा रेबिज बिरुद्धको खोप दिइने छ । प्राविधिक विज्ञको टोलीले स्थलरुपमै गएर सामुदायिक कुकुरहरुको खोजी गरेर भेटनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र ताप्लेजुङ परिसरमा केन्द्रित गरी बन्ध्याकरण तथा रेविज बिरुद्धको खोप दिने ताप्लेजुङ भेटनरी अस्पतालले जनाएको छ । रेबिज लागेको जनावरले टोकेपछी खोप नलगाएमा रेबिज संक्रमण हुन सक्ने र रोग लागि सकेपछि छिटो निको नहुने,रेबिज संक्रमण भएको हुन्छ ।यदि जनावरले टोकेको छ भने रेबिज विरुद्ध खोप लगाउन आवश्यक रहेको हुँदा पशु स्वास्थ्य क्षेत्रका विज्ञहरुले बताएका छन् ।

फोटो तस्विर:बसन्त लिम्बू (लाबुङ)

सेवालुङ खबर पढ्नुभएकोमा धन्यवाद यसलाई जीवित राख्नकोलागि तपाइँको आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।

यहाँहरुबाट प्रप्त रकमलाई सम्बन्धित क्षेत्रमा लगानी गर्ने प्रतिबद्धता जाहेर गर्दछौं

fonepay

मा Scan गर्नुहोला

qr-logo

कमेंट गर्नुहोस

यो पनि पढ्नुहोस्